राजनीति

    Showing 5,621-5,630 of 10,352 items.
  • कुलमानले सरकारलाई नटेर्ने, नचिन्ने भएपछि शून्य नम्बर दिइयोः मन्त्री खड्का

     काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे ।उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए । उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचि

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 273 पटक पढिएको
  • रास्वपाका सांसद भन्छन् ग्यासको कमिशन बढाउन उद्योगमन्त्री नै संलग्न

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले सरकारमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए। ‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्‍याउने भनेको? मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो‚’ उनले भने, ‘दश वर्षजति त भएछ त! अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ।’उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 318 पटक पढिएको
  • प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागेः शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् ।बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् । यस्तै, उनले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए । उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 359 पटक पढिएको
  • पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्न मिल्दैनः सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले भने,‘पत्रकारहरुले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ । सत्य तथ्य के हो, कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ । पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने र भित्र आउन नदिने प्रचल हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन् ।’  त्यस्तै उनले अमेरिकाले दिए

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 350 पटक पढिएको
  • महानगरपालिकालाई मन्त्रालयको पत्रः कर्मचारीलाई काम गर्ने वातावरण बनाउनु

    काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको हो। काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए । महानगर प्रमुख बालेनले आफ्नो कार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 265 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन् कसैले भन्दैमा राजतन्त्र फर्किदैन

    काठमाडौं—  नेकपा (एमाले) का प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे। राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। उनीहरुले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली गरेका थिए। 

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 325 पटक पढिएको
  • राष्ट्रिय सभामा ३४ दिनपछि पाँच वटा अध्यादेश पेस हुँदै

     काठमाडौं—  राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले आज पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ।संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ।  सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा अध्यादेश पेस गरेकोमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो। सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले दलका नेता तथा सचेतकहरूसँग छलफलका आधारमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरिएको जानकारी दिए। राष्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 269 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 282 पटक पढिएको
  • बहुमतले निजीकरण अध्यादेश पनि स्वीकृत

     काठमाडौं— प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पनि पारित भएको छ। बुधबारको बैठकबाट बहुमतले उक्त अध्यादेश स्वीकृत गरेको हो। संसद् अधिवेशनको मुखैमा सरकारले ल्याएका ६ मध्ये बुधबार ५ पाँच अध्यादेश स्वीकृत हुने क्रम चलिरहेको छ। पाँचमध्ये निजीकरणसहित ३ अध्यादेश स्वीकृत भइसकेका छन् भने अन्यबारे प्रस्ताव र छलफल चलिरहेको छ।  निजीकरण अध्यादेशमा विपक्षी दलका ७ सांसदले विरोधको सूचना दर्ता गएकामा माओवादी सांसद माधव सापकोटाको सूचना कायम भएको थियो। अस्वीकृत होस् भन्ने उनको प्रस्तावमा बहुमत नपुगेपछि अध्यादेश बहुमतले स्वीकृत गरेको हो। 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 383 पटक पढिएको
  • प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भयो सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश

    काठमाडौं— सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर राखेका प्रस्ताव अस्वीकृत भएपछि अध्यादेशलाई निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो। जसलाई बहुमतले स्वीकृत गरेको हो।त्यसअघि अस्वीकृतिका लागि राखिएको प्रस्तावमा  विपक्षी दलका नेताहरूले धारणा राखेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत राप्रपा, रास्वपा, नेमकपा र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए। त्यसपछि त्यसमाथि उठेको प्रश्नमा सञ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 576 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.