काठमाडौं— प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पनि पारित भएको छ। बुधबारको बैठकबाट बहुमतले उक्त अध्यादेश स्वीकृत गरेको हो। 

संसद् अधिवेशनको मुखैमा सरकारले ल्याएका ६ मध्ये बुधबार ५ पाँच अध्यादेश स्वीकृत हुने क्रम चलिरहेको छ। पाँचमध्ये निजीकरणसहित ३ अध्यादेश स्वीकृत भइसकेका छन् भने अन्यबारे प्रस्ताव र छलफल चलिरहेको छ।  

OM Sai Pathibhara Hospital

निजीकरण अध्यादेशमा विपक्षी दलका ७ सांसदले विरोधको सूचना दर्ता गएकामा माओवादी सांसद माधव सापकोटाको सूचना कायम भएको थियो। 

अस्वीकृत होस् भन्ने उनको प्रस्तावमा बहुमत नपुगेपछि अध्यादेश बहुमतले स्वीकृत गरेको हो।