राजनीति

    Showing 5,511-5,520 of 7,590 items.
  • नागरिकता विद्येयक सुल्झन नसक्दा लाखौं मताधिकारबाट वञ्चित

    काठमाडौँ / नागरिकता सम्बन्धी विद्येयक देशको संसद्बाट सुल्झन नसकेकाले नागरिक निकै ग्रसित बनेका छन् । नागरिकतासम्बन्धी समस्या संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो नलागेकाले नागरिकले समस्या खेप्नु परेको हो ।  नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययन अनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी रहेको छ । नागरिकता विहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् ।संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी क

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 74 पटक पढिएको
  • नेकपा क्रान्तिकारीद्वारा लोहनीको जग्गा कब्जा

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको जनाएको छ । उक्त पार्टीले जग्गा कब्जा गरेको र उक्त जग्गामा पार्टीको अनुमतिबिना कुनै कार्य नगर्न निर्देशन दिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको भन्दै विज्ञप्ति जारी गरेर जग्गा कब्जा गरेको बताएका छन् ।‘गुण्डागर्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो विस्तार गरिएको छ । भ्रष्ट दलाल, तस्क

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 108 पटक पढिएको
  • प्रेस चौतारीको महाधिवेशन शुक्रबारबाट

    काठमाडौँ  / प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा हुँदैछ ।शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका रहेको छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ।२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभा

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 66 पटक पढिएको
  • मन्त्री श्रेष्ठले हटाए विमानस्थलको श्रम डेस्क

    काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएका छन् । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताएका छन् । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो ।विमानस

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 74 पटक पढिएको
  • एकीकृत समाजवादीको आज पनि केन्द्रीय कमिटी बैठक

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको हो । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।हिजो (बुधबार)को बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 74 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेटवार्ता

    काठमाडौँ / नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको हो । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधि मण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 83 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र प्रचण्डले अर्थमन्त्रीलाई नहटाउन सहमत

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले शर्मालाई अर्थमन्त्री जनार्दन शर्मालाई निरन्तरता दिन सहमत भएका छन् । अर्थतन्त्र सुधारको लागि शर्माले काम गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले कुनै पनि हल्लाको पछि नलाग्न बताएका छन् ।पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थमन्त्री हटाउनेबारे बाहिर चलेको हल्ला बारे छलफल भएको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारदेखि समस्यामा परेको मुलुकको अर्थतन्त्र लाई सुधार गर्ने काम भैरहेको बेलामा हल्ला चलाएर अर्थमन्त्रीमाथि प्रहार गर्न खोजेको दुवै नेता सहमत भएका छन् ।अर्थमन्त्री शर्माले म

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 118 पटक पढिएको
  • गठबन्धन तोड्ने ओलीको प्रयास असफल

    काठमाडौं / नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन फुटाउने प्रयास असफल बनाएको दावी गरेका छन् ।(बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन नेपालले एमसीसीका नाममा केपी ओलीको गठबन्धन फुटाउने प्रयासलाई आफूले विफल पारेको बताएका छन् ।‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्न भएको भयङ्कर षड्यन्त्रलाई विफल पार्न सफल भएको बताएका छन् । नेपालले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको समेत बताएका छन् ।नेकपा एमालेका अध्यक्ष ओलीले नै संसद्‌मा एमसीसी पारित गर्ने प्रस्ताव लगेको भएपनि नेपालले भने एमसीसी संसोधन पछि मात्र सर्मथन भएको समेत बताएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 80 पटक पढिएको
  • प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं / कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्  । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिने स्रोतले जनाएको हो ।  सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले यहि फागुन २९ गतेबाट चैत २९ गतेसम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान संचालन गर्दैछ । पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिहरू, महामन्त्रीहरू लगायतका नेताहरुको उपस्थिति रहनेछ । पत्रकार सम

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 66 पटक पढिएको
  • परराष्ट्रमन्त्री खड्का टर्कीतर्फ उडे

    काठमाडौं / परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुन गइरहेको अन्तालिया कूटनीतिक मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्  । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा खड्का टर्की प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।विद्

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 69 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा