राजनीति

    Showing 5,291-5,300 of 6,741 items.
  • कांग्रेस अधिवेशन : प्रदेश १ मा गुरूराजको अग्रता

    विराटनगर / प्रदेश –१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरुराज  घिमिरेले अग्रता कायम गरेका छन । २०० मत गणना हुँदा घिमिरेले १०८ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाएका छन । त्यस्तै उपसभापतिमा गोविन्द प्रसाद ढुङ्गानाले ८५, टङ्क प्रसाद राई ९७, रमेशजङ्ग रायमाझी ८७ र विश्वनाथ रिजालले ८२ मत प्राप्त गरेका छन् । महामन्त्रीमा उमेश थापाले ९६, दिपन कुमार थापा ८९, पदम सुन्दर पालुङ्वा ८४ र भुपेन्द्र राईले ८८ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 78 पटक पढिएको
  • प्रदेश नं २ मा काँग्रेसको अधिवेशन अनिश्चित

    धनुषा  / नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिए । सर्लाहीका चार, बाराक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 77 पटक पढिएको
  • किराँती नेताको हातमा हिन्दु राष्ट्रको एजेन्डा : थापाको विरासत ध्वस्त बनाएर उदाए लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाण्डौमा जारी महाधिवेशनमा पञ्चायती व्यवस्था देखि हालसम्म पार्टी र सत्तामा पकड जमाएर बसेका नेता कमल थापालाई पराजित गर्दै झापाली नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।थापासँगै हिन्दु राष्ट्र र राजसंस्था पक्षमा राजनितीमा लागेका लिङ्देनले अध्यक्ष पदका लागि भएको निर्वाचनमा २ सय मतले थापालाई पराजित गरी अध्यक्ष बनेका हुन् ।सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि भएको निर्वाचनमा थापा र लिङ्देन छुट्टा छुट्टै प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए । शनिवार भएको निर्वाचनको आइतवार सार्वजनिक नतिजा अनुसार अध्यक्षमा निर्वाचित भएका लिङ्देनले १८१७ र थापाले १६१७ मत ल्याएका

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 49 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : जसपाका सांसदले नै दिए मत

    तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सांसदले नै नेपाली कांग्रसको जारी महाधिवेशनमा नेतृत्व छनौटका लागि भएको मतदानमा प्रतिनिधीका रुपमा उपस्थित भएर मतदान गरेको सार्वजनिक भएको छ ।जसपा अध्यक्ष डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्तिबाट प्रदेशसभा सदस्य बन्न सफल भएका प्रेम तामाङ नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधी बनेको सार्वजनिक भएको हो । वागमती प्रदेशसभाका सदस्य रसुवाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेको खुलेको छ । हेटौडमा जारी कांग्रेसको प्रदेश अधिवेशनमा नेतृत्व छनौटका लागि भएको निर्वाचनमा मतदान गर्न उनी राती १० बजे अधिवेशनस्थल पुगेपछि यो विषय सार्व

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 49 पटक पढिएको
  • राप्रपाको अध्यक्षमा पराजित भएका थापा हिमानीसँग रुष्ट

    काठमाडौं / राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापा पूर्व युवराज्ञी हिमानी शाहसँग रुष्ट बनेका छन् । पूर्व युवराज्ञी हिमानीले राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापा रुष्ट बनेका हुन् । हिमानीले ट्विटरमा लिङ्देनलाई शुभकामना दिँदै लेखेकी छिन्, –‘अवसरवाद, नातावाद, कृपावाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सिङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ!!!थापाले हिमानीले लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा जवाफसहित रिट्विट गर्दै

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 91 पटक पढिएको
  • कांग्रेस अधिवेशन : कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

    सुर्खेत / नेपाली कांग्रेसको कर्णाली सभापतिमा ललितजंग शाही विजयी भएका छन् । संस्थापन इतर पक्षका प्रतिस्पर्धी भुपेन्द्रजङ्ग शाहीलाई १०५ मत अन्तरले पछि पार्दै कर्णाली सभापतिमा ललितजंग विजयी भएका हुन् । ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने भूपेन्द्रजंगले ३१७ मत प्राप्त गरेका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुमारी कार्की विजयी भएक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 76 पटक पढिएको
  • कांग्रेस अधिवेशन : सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका बलायर विजयी

    धनगढी / नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर बिजयी भएका छन् । बलायर नारायणदत्त मिश्रलाई चार सय मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । कुल एक हजार मतदाता मध्ये एक हजार तीन जनाले मतदान गरेका थिए । देउवा पक्षबाट उम्मेद्वार बनेका बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् भने पौडेल पक्षबाट उम्मेद्वार बनेका मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै, उपसभापतिमा देउवा पक्षका जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्रीमा देउवा पक्षकै नरनारायण शाह मनुले ६४८ र मेघराज खड्काले ६३५ मत प्राप्त गर्दै विजयी भए ।सह–महामन्त्रीमा प

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 69 पटक पढिएको
  • अध्यक्षमा हारेपछि थापाले राणासँग मिलेर नयाँ दल खोल्दै

    काठमाडौँ  /  राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले पशुपति शमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्न लागेका हुन् । थापा र पशुपति शमशेर राणा नयाँ पार्टी गठनबारे अनौपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे ।थापानिकट ती नेताले भने  ‘हामी  पराजित भयौँ भने पनि के गर्ने भन्ने पहिला नै क्लियर थियौँ, अब नयाँ पार्टी बन्छ ।’ थापाको टिममा रहेका ती केन्द्रीय सदस्य पनि पराजित भएका छन् । त्यसैले अबको रणनीति भनेको नयाँ पार्टी निर्माण नै हुने दाबी गर्छन् । थापा र

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 225 पटक पढिएको
  • राप्रपा एकता महाधिवेशन : कमल थापाको परिवारका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा पराजित भएपनि उनका परिवारका तीन जना भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । प्रतिष्ठाले १ हजार ५३०, गणेशले १ हजार ३३२ र अभिषेकले १ हजार ३२७ मत ल्याएर विजय भएका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 93 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा