राजनीति

    Showing 5,291-5,300 of 10,341 items.
  • सत्तारुढ दलको बैठक बस्दै

     काठमाडौं— सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 424 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुने

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  बुधबार (आज) दिउँसो ११ बजे दुई दलको एकीकरण हुने घोषणा गर्न लागिएको हो ।पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ(संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 383 पटक पढिएको
  • विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न सासंद जबराको आग्रह

    काठमाडौं— सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उनले भने–“हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 489 पटक पढिएको
  • सांसद खतिवडा भन्छन सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी –विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।उनले शिक्षकहरु कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताए । उनले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा जोड दिए ।उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र मा

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 379 पटक पढिएको
  • शिक्षकहरूको माग पूरा नगरे, सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउँछ: मेटमणी चौधरी

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भनें, यदि सरकारले शिक्षकहरूको जायज मागहरू सम्बोधन नगरे, भने सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउनेछ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षा ऐनको आवश्यकतामा जोड दिँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, "शिक्षकहरूको हक र अधिकार पूरा गर्न सरकारलाई यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने छ। यदि यो नगरे, भने शासकहरूका लागि कडा परिणाम आउनेछ।"चौधरीले सरकारको आलोचना गर्दै भने, "शिक्षकहरूको जायज मागलाई पूरा गर्नको सट्टा सरकारले तिनीहरूलाई दमन गर्ने काम गर्दैछ। 

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 361 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा कानून, न

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 253 पटक पढिएको
  • केही हप्ता भित्रै राजसंस्था फर्किन्छ : कमल थापा

    काठमाडौं, वैशाख १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सबै राजसंस्था समर्थक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले पात्र होइन, एजेन्डा हेरेर अघि बढ्नुपर्ने बताएका छन्।आइतबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजावादी विचारधारा बोकेका सबै शक्ति एक भएमा छिट्टै हिन्दू राष्ट्रसहितको प्रजातान्त्रिक राजसंस्था पुनःस्थापना सम्भव रहेको दाबी गरे।“हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं,” उनले भने, “केही हप्ता, केही महिनाभित्रै हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापना गर्न सकिन्छ। हामी एक ठाउँमा उभियौं भने गणतन्त्र प

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 324 पटक पढिएको
  • शिक्षकलाई दमन गरेर सरकारले बहुमतको शक्ति देखायो : माओवादी

    काठमाडौं — शिक्षक महासंघको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेपछि संसदमा एकपछि अर्को रूपमा सरकारविरुद्ध चर्को आलोचना भएको छ ।  प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विभिन्न दलका सांसदहरूले आन्दोलनमा गरिएको दमनप्रति आपत्ति जनाउँदै सरकारलाई शिक्षकमाथि गरिएको ‘बहुमतको अत्याचार’ तत्काल रोक्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयको सदुपयोग गर्दै विपक्षी सांसदहरूले शिक्षकका जायज मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारमाथि शान्तिपूर्ण आन्दोलनमा दमन गरेको गम्भीर आरोप लगाए।"शिक्षकमाथि लाठीचार्ज, पानीको फोहोर

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 335 पटक पढिएको
  • "‘सरकार समाल्न हैन ढाल्न खोज्या हो?’ — गगन थापा र विश्वप्रकाशलाई पोखरेलको प्रहार"

    काठमाडौं — नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि तीव्र आलोचना गर्दै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्ट छन् भने संस्थागत निर्णयमार्फत बाहिरिन सुझाव दिएका छन्।एक अन्तर्वार्तामा बोल्दै पोखरेलले गगन र विश्वप्रकाश सत्तारुढ दलको नेता भएर पनि प्रतिपक्षजस्तो व्यवहार गरिरहेको टिप्पणी गरे। "यदि सरकारले राम्रो गरिरहेको छैन भन्ने लाग्छ भने, पार्टीबाट निर्णय गरेर फिर्ता भए हुन्थ्यो नि," उनले भने, "सरकार मन नपरेको हो भने शेरबहादुर देउवालाई सम्झाएर बाहिर निस्कनुस्, आलोचना गरेर सरकार भत्काउने प्रयास गर्नु

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 377 पटक पढिएको
  • "देउवाको ठुलो दावी: यो बजेटले निजी क्षेत्रको समस्या सकिनेछ!"

    काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बजेटले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप सशक्त र गतिशील बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले भने, "मलाई विश्वास छ कि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप गतिशील बनाउनेछ।"सभापति देउवाले निजी क्षेत्रको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै भने, "निजी क्षेत्र नेपालको आर्थिक विकासमा अपरिहार्य भूमिका खेलिरहेको छ।" उनले थपे, "निजी क्षेत्रका समस

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 337 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.