राजनीति

    Showing 5,281-5,290 of 9,621 items.
  • सरकारलाई प्रचण्डको चेतावनी : दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन् ।पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरे । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग समेत गरे । उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 175 पटक पढिएको
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

    काठमाडौं- सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक राष्टपतिबाट प्रमाणिकरण भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अब विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 300 पटक पढिएको
  • कुनै पनि विश्वविद्यालयमा प्रधानमन्त्रीबाट हस्तक्षेप भएको छैनः शिक्षामन्त्री

    काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय लगायत देशका कुनै पनि विश्वविद्यालयमा सरकारबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् ।आज प्रतिनिधि सभाको शुन्य र विषेश समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्रधानमन्त्रीले कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै हस्तक्षेप नगरेको बताइन् ।मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताइन् ।‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बम

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 413 पटक पढिएको
  • स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण पठाउन मन्त्रालयको परिपत्र

    काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ । मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण भदौ १६ गतेभित्र उपलब्ध गराउन भनेको हो । कुनै कारणले पद रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट विवरण माग भएको भन्दै मन्त्रालयले परिपत्र गरेको हो ।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ (२) बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको व

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 491 पटक पढिएको
  • गण्डकीमा मन्त्रालयको संख्या र भागबन्डा टुंगियो, एमालेबाट ४ जना मन्त्री बन्ने

    पोखरा- गण्डकी प्रदेशमा मन्त्रालयको संख्या र भागबन्डा टुंगो लागेको छ । प्रदेशमा ९ वटा मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउन भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । मन्त्रालयको संख्यामा विवाद भएपछि एमाले लामो समयदेखि सरकारमा सहभागी भएको थिएन ।कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भएको छ

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 348 पटक पढिएको
  • कांग्रेसमा महामन्त्रीको प्रतिवेदन विवाद : सहमति खोज्न देउवाले पदाधिकारी बैठक बोलाए

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।सभापति देउवाले आजपनि दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए । यसअघि मंगलबारपनि छलफल भएको थियो । यद्यपी सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेको बताइएको छ । दुई मह

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 315 पटक पढिएको
  • पार्टीभित्र मेरो हैसियत थाहा छ‚ प्रधानमन्त्रीको कुरा राम्रो कल्पना मात्र : मन्त्री राणा

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने कुरा गरेसँगै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको नाम चर्चामा छ । परराष्ट्रमन्त्री समेत रहेकी नेतृ राणा देउवा प्रधानम्नत्री हुने चर्चाबीच उनले यसलाई अस्विकार गरेकी छिन् । उनले पार्टीको आगामी नेतृत्वका लागि शेरबहादुर देउवा नै उपयुक्त हुने स्पष्ट पारिन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्ने भन्दै भनिन्, ‘बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’ प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले राणालक्षित ठानेका थिए । &nbs

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 495 पटक पढिएको
  • नेकपा एसका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण आज

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बोलाइएको छ । शपथ ग्रहणपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ, जहाँ पार्टीको केन्द्रीय संरचना निर्माण, नेताहरूको योगदान र कार्यक्षमताका आधारमा स्थायी समिति तथा सचिवालय गठन, र केही नेताहरूको जिम्मेवारी हेरफेरजस्ता विषयमा छलफल हुने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी गराए । बैठकमा केन्द्रीय पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यहरूको अनिवार्य उपस्थिति सुनिश्चित गरिएको छ । बैठकमा विशेष रूपमा चुनावी प्रति

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 285 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज आह्वान गरिएको छ । बैठकमा पार्टीको केन्द्रीय संरचना निर्माण‚ नेताहरूको योगदान र कार्यक्षमताका आधारमा स्थायी समिति‚ सचिवालय गठन‚ र केही नेताहरूको जिम्मेवारी हेरफेरजस्ता विविध विषयमा छलफल हुने जनाइएको छ । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यहरूको अनिवार्य उपस्थिति रहन्छ ।  

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 384 पटक पढिएको
  • हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भइरहेको छ : मन्त्री पौडेल

    काठमाडौँ- स्वास्थ्य तथा मुख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भइरहेको बताएका छन् ।संसद्को बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्त्रगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको बताए ।‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रूपमा निगरानी भईरहेको छ,’ उनले भने ।सांसद तोसिमा कार्कीले दर्ता गराएका हैजा महामारीका कारण निम्तन सक्

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 510 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.