राजनीति

    Showing 5,161-5,170 of 6,741 items.
  • म कुनै गुटबाट महामन्त्री भएको होइन : महामन्त्री शर्मा

    झापा /  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री  विश्वप्रकाश शर्माले मिडियाका अधिकार कुण्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शर्माले महाधिवेशनबाट कयौं नेताहरू केन्द्रीय कार्यसमितिमा अटाउन नसकेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिएका छन्। धेरै महत्त्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिरिनु भएको छ तर उहाँहरूलाई  पनि गाँसेर जानुपर्ने उनले बताए । विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइनु, उनले भने, बिपीले नेतृत्व ग

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 81 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

    काठमाडौँ / उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा मधेशी क्लष्टरबाट उम्मेद्वारी दिएका चौधरी २२०६ मतसहित निर्वाचित भएका हुन् । मधेसीतर्फ चौधरीसहित अजय चौरसिया २ हजार ५२२, इन्द्रमोहन यादव २ हजार १३८ र दिनेश कुमार यादव १ हजार ९५९, महेन्द्रकुमार राय १ हजार ९८४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने इन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् । 

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 71 पटक पढिएको
  • माओवादी अधिवेशन : बागमती अध्यक्षमा सहयात्री निर्वाचित

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको अध्यक्षमा सहयात्री निर्वाचित भएका छन ।गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन । उनले १६२ मत ल्याएका थिए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।यस्तै प्रदेश समितिको उपाध्यक्षमा रूपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 83 पटक पढिएको
  • एमाले प्रवेश गर्दै जसपा नेता मंगलप्रसाद गुप्ता

    कपिलवस्तु / जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । कपिलवस्तुको वहादुरगञ्जमा हुने एक कार्यक्रममा गुप्तासहितका नेताहरू पार्टी प्रवेश गर्न लागेका हुन्।कपिलवस्तुका प्रभावशाली नेता गुप्तासहितको टोलीलाई एमालेमा प्रवेश गर्नको लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू कपिलवस्तु जाँदैछन् । यसअघि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए ।एमाले प्रवेश गर्न लागेका गुप्ता विगतमा नेपाली कांग्रेसबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै मधेशी जनअधिकार फोरमम

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 76 पटक पढिएको
  • २ नम्बर प्रदेशको अधिवेशन आजदेखि, सभापतिमा तीन जना आकांक्षी

    जनकपुर  / नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । विवादका कारण रोकिएको २ नम्बर प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । कांग्रेसले अन्य छ प्रदेशमा भने अधिवेशन गरिसकेको छ । महाधिवेशन अघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा क्रियाशील सदस्यकाे विवाद समाधान नहुँदा २ नम्बर प्रदेशको अधिवेशन रोकिएको थियो । जिल्लामा भएको विवादका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते निर्णय गरेको थियो । सोही अनुरूप अधिवेशन आज र भोलि हुने भएको हो ।अधिवेशनले प्रदेश सभापति, उपसभापति, मह

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 67 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

    काठमाडौँ / प्रतिनिधि सभाको बैठक आज (मंलबार) दिउँसो १ बजे बस्दै छ ।  बैठकमा सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । त्यस्तै कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले मङ्गलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । आफूले आफ्ना सांसदहरूलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 75 पटक पढिएको
  • अध्यक्ष मिश्रलाई पाण्डेले सोधे १० बुँदामा प्रतिस्पष्टीकरण (पूर्णपाठसहित)

    काठमाडौँ / विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन् । अध्यक्ष मिश्रले गत मंसिर २९ गते पाण्डेलाई स्पष्टीकरण दिन भन्दै पत्र पठाएका थिए । (आज) सोमबार पाण्डेले उक्त स्पष्टीकरणको जवाफ लेख्दै मिश्रलाई १० बुँदे लिखित प्रतिप्रश्न पठाएका हुन् ।पाण्डेले अध्यक्ष मिश्रलाई राजतन्त्र मान्न नसकिने, पञ्चायत पुज्न नसक्ने र धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न नसक्ने उल्लेख गर्दै गणतन्त्रको पक्षमा आफूहरू उभिएको प्रष्टिकरण दिएका छन्।स्पष्टीकरणमा पाण्डेले निर्वाचन आयोगमा पार्टी बारेमा मुद्दा चलिरहेको र त्यसमा छिनोफानो नभए आफूहरू अदालत जाने र भदौ १७ पछिका क

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 62 पटक पढिएको
  • रूपान्तरणको सन्देश दिनु छ : महामन्त्री शर्मा

    काठमाडौँ / नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रूपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रूपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।“देश बनाउन भौतिक विकाससँगै सामाजिक रूपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमण लगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भने ।कांग्रेस १४औँ म

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 66 पटक पढिएको
  • १६ सय मतगणना हुँदा संग्रौला, भुसाल र राणाको अग्रता

    काठमाडौं /  नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत महिला खुलातर्फ एक हजार छ सय मतगणना हुँदा डा. डिला सङ्ग्रौलाले एक हजार १४ मत प्राप्त गरेकी छिन् ।यसैगरी, पुष्पा भुषालले नौ सय ७० मत प्राप्त गरी दोस्रो स्थानमा र आरजु राणा देउवाले नौ सय एक मत प्राप्त गरी तेस्रो स्थानमा अग्रता पाएकी छिन् । यसैगरी, अम्बिका बस्नेत आठ सय ११ मतसहित चौथो, ईश्वरी न्यौपाने सात सय ८६ मतसहित पाँचौ र सरिता प्रसाईं सात सय ६८ मतसहित छैठौं स्थानमा अग्रता पाएकी छिन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य महिला खुलातर्फ ९ पदका लागि ३० जना प्रतिस्पर्धी रहेका छन् । 

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 40 पटक पढिएको
  • एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौँ / नेकपा एमालेका सांसदहरूको विरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू आसनबाट उठेर विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । नेकपा एमालेले माधवकुमार नेपाललगायत पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै गत भदौ २३ यता लगातार संघीय संसद

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 63 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा