राजनीति

    Showing 5,051-5,060 of 10,339 items.
  • रास्वपाले संसद बैठक वहिष्कार गर्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रवारको वैठक वहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा नसुनेको तथा आफूलाई बोल्न पनि नदिएको जनाउँदै उनीहरुले बैठक नै वहिष्कार गरेका हुन् ।‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ, तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो, रास्वापले भनेको छ– ‘ तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’रास्वपाले जनाए अनुसार शुक्रवार संघीय सदनको प्रतिनिधि स

    • प्रकाशित मितिः असार ६, २०८२
    • 360 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक सुरू, प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पनि रास्वपाको अबरोध जारी रहने

    काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ।आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।बिगत चैत १३ देखी भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाउने बुझिएको छ।सो अघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए ।रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन

    • प्रकाशित मितिः असार ६, २०८२
    • 317 पटक पढिएको
  • फलामको पुल बेच्ने वडाअध्यक्ष थुनामा, अर्का वडाअध्यक्ष फरार

    काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 356 पटक पढिएको
  • विवादास्पद अभिव्यक्तिले फेरि चर्चामा कांग्रेस सांसद घिमिरे

    काठमाडौं – कांग्रेस सांसद श्याम घिमिरे फेरि आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। यसअघि यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेर आलोचना खेपेका घिमिरेले पछिल्लो पटक भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग नजोड्नुपर्ने अभिव्यक्ति दिएका छन्।सांसद घिमिरेले संसद् भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै भने, “पैसा लिएर पठाइयो भने त्यो मानव बेचबिखन हुँदैन।” उनले नेपालीहरू आफैँ विदेश जान इच्छुक रहेको दाबी गर्दै भिजिट भिसाको दुरुपयोगलाई सामान्यकरण गर्न खोजेका छन्।भिजिट भिसाका नाममा संगठित मानव तस्करी भइरहेको तथ्य सार्वजनिक भइरहँदा कांग्रेस प्रमुख सचेतकसमेत रहेका घिमिरेको यस्तो भनाइले थप आलोचना निम

    • प्रकाशित मितिः असार ६, २०८२
    • 350 पटक पढिएको
  • दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

    काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् ।ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन ।  ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन, ‘११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’उनको यो अभिव्यक्तिसँगै दैलेखको भूमिगत ग्यासबाट नेपाल ऊर्जा–स्वावलम्बन

    • प्रकाशित मितिः असार ६, २०८२
    • 229 पटक पढिएको
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

     काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा मिति २०८२÷०२÷१५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।  

    • प्रकाशित मितिः असार ६, २०८२
    • 259 पटक पढिएको
  • बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकम हिनामिना गरेको अभियोगमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार ठाकुरले २०७५ साल मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकालमा योजनाबद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए । स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणका नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । आयोगका अनुसार ठाकुरले बा १३

    • प्रकाशित मितिः असार ६, २०८२
    • 318 पटक पढिएको
  • जसपा नेपालले गर्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयहरुमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 181 पटक पढिएको
  • मन्त्रीको गुन्डागर्दी शैलीः एकिकृत समाजवादीका नेतामाथि मुक्का प्रहार

    काठमाडौं— कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम फेरि विवादमा तानिएका छन्। मन्त्री हाङगाममाले मन्त्रीपदको दुरुपयोग गरी नेकपा (एकीकृत समाजवादी) का नेता रक्की थेबेमाथि सार्वजनिक स्थानमै मुक्का प्रहार गरेपछि अहिले उनको चौतर्फी आलोचना भएको छ । मन्त्रीकै हातबाट पटक–पटक यस्ता विवादित गतिविधिहरू दोहोरिरहँदा प्रदेश सरकार र नेताहरूको आचरण कस्तो हुनुपर्छ भन्ने सवाल फेरि उठेको छ।नेता थेबेका अनुसार, मन्त्री हाङगाम मादक पदार्थ सेवन गरेर आएका थिए। व्यक्तिगत गुनासोको शैलीमा सुरु भएको कुराकानी, ‘८४ सालमा तिमीले मेरो विरुद्ध उम्मेदवारी दिएको रे?’ भन्ने जस्ता कुराले तातेर हात हालाहालसम्म

    • प्रकाशित मितिः असार ५, २०८२
    • 359 पटक पढिएको
  • सांसद अमरबहादुर थापाद्वारा संसदमा बजेट पुस्तिका च्यात्दै विरोध प्रदर्शन गरेपछि भयो हंगामा

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्।विहीबारको संसद बैठकमा बोल्दै सांसद थापाले सरकारले ल्याएको बजेट जनमुखी नभई 'उल्टो बाटोबाट हिँडेको'आरोप लगाउँदै बजेटपुस्तिका च्यातेका हुन् । उनले सरकारको नीति तथा बजेटले जनताको आवश्यकता र समस्यालाई सम्बोधन नगरेको भन्दै कडा आलोचना गरे।प्रस्ताव राखेपछि उनले हातमा रहेको बजेट पुस्तिका च्यात्दै प्रत्यक्ष रूपमा असहमति जनाए। यो घटनाले संसदभित्र केहीबेर तनावपूर्ण वातावरण सिर्जना भएको थियो।सांसद थापाले भने, 'यो बजेट जनताको हितमा छैन, बरु धनाढ्यहरूक

    • प्रकाशित मितिः असार ५, २०८२
    • 395 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.