राजनीति

    Showing 4,941-4,950 of 7,575 items.
  • काठमाडौँ अपडेट : स्थापित भन्दा बालेन १७ हजार ४३५ मतले अगाडि

    काठमाडौं / महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् ।स्वतन्त्र उम्मेदवार बालेन साह काङ्ग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 100 पटक पढिएको
  • इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण विजयी

    इटहरी  / इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा भने नेकपा (एमाले)की उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याएका छन् । उपप्रमुख

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 80 पटक पढिएको
  • अर्जुनधाराकाे नगरप्रमुखमा बलदेव र उपप्रमुखमा खड्गमाया विजयी

    बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बलदेव सिंह गोम्देन निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसकी रञ्जिता कार्कीलाई पाच हजार ४२६ मतान्तरले पछि पार्दै गोम्देन अर्जुनधाराको नगरप्रमुख पदमा निर्वाचित भएका हुन् । गोम्देनले १९ हजार १६९ मत पाएका छन् भने कांग्रेसकी कार्कीले १३ हजार ७४३ मत पाएकी छिन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेकी खड्गमाया पराजुली विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका जितेश योञ्जनलाई ८ हजार ५६६ मतले पछि पार्दै पराजुली उपप्रमुख पदमा निर्वाचित भएकी हुन् ।खड्गमायाले १७ हजार ७१ मत&

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 80 पटक पढिएको
  • धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

    बिर्तामोड / धरान उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । चुनाव चिन्ह लौरो पाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार ९ सय ६६ मत प्राप्त गर्दै ३ हजार ९२ को मतान्तरले अग्रता कायम गरेका छन् ।साम्पाङलाई पछ्याउँदै कांग्रेसका किशोर राईले १२ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । प्रमुखमा नै एमालेकी मञ्जु भण्डारीले १० हजार ४ सय ५२ मत प्राप्त गरेकी छिन् । त्यस्तै र उप प्रमुख पदमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७ सय ६९ मत प्राप्त गर्दै १ हजार ५ सय १७ को मतान्तरले अग्रता कायम गरेका छन् । बेघालाई पछ्याउँदै एमालेका पदम ईस्वोले १४ ह

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 190 पटक पढिएको
  • काठमाडौंमा ५१ % मतगणना गर्न बाँकी , बालेनको अग्रता कायम

    काठमाडौं / काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गणना गर्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरेका छन् । कुल १ लाख ८९ हजार ४ सय २० मत खसेको महानगरमा शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी रहेको छ । ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी रहेको छ भने ९, १०, ११, २४

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 114 पटक पढिएको
  • रेशम चौधरीको पार्टीले जित्यो चार पालिका

    काठमाडौँ / प्रतिनिधिसभा सदस्य रेशम चौधरीले जेलबाटै खोलेको पार्टीले चार पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको हो ।   टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावललाई तीन हजार मतान्तरले पराजित गर्दै टीकापुरको नगरप्रमुखमा विजयी भएका हुन् । डगौराले ९ हजार ६४२ मत पाएका छन् भने रावलले ६ हजार ६४२ मत पाएका छन्

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 96 पटक पढिएको
  • दलित महिला सदस्यमा पोखरेल निर्वाचित

    गुल्मी / स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट पोखरेलकी छोरी दलित महिला सदस्यमा निर्वाचित भएकी  छिन् ।दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी मिना पोखरेल परियार दलित महिला सदस्यमा विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनी सहित स्वतन्त्र उम्मेदवार मधु दर्जी र नेपाली कांग्रेसबाट पार्वती बिक दलित पनि दलित महिला सदस्यका उम्मेदवार थिए ।मिना पोखरेल परियार ८ सय ९९ मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनलाई पछ्याउँदै निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती बिकले ४ सय २६ मत प्राप्त गरेकी छिन् भने स्वतन्त्र उम्मेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरेकी छ

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 121 पटक पढिएको
  • प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न खोजेका कागते पराजित

    झापा / प्रदेश नम्बर १ प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेद्वार बनेका काजीमान कागते पराजित भएका छन् । कागते नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार रणबहादुर राईसँग इलामको सूर्योदय नगरपालिकामा पराजित भएका हुन् । कागते एक हजार ८५२ मतान्तरले पराजित भएका हुन् ।कागतेले १० हजार ५७९ मत ल्याए भने राईले १२ हजार ४३१ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।२०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम –१ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका कागतेले प्रदेश सांसदबाट राजिनामा दिएर उम्मेदवारी दिएका थिए । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 132 पटक पढिएको
  • झलनाथको गृहनगर सूर्योदयमा एकीकृत समाजवादीका रनबहादुर विजयी

    इलाम / नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदय नगरपालिकाको मेयर पद एकीकृत समाजवादीले जितेको छ ।मेयर पदमा समाजवादीका उम्मेदवार रनबहादुर राई एमालेका काजीमान कागतेलाई हराउँदै विजयी भएका हुन् । राईले १२ हजार ४ सय ३१ मत ल्याउँदा एमालेका कागतेले १० हजार ५ सय ७९ मत ल्याए ।त्यस्तै उपमेयरमा भने कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 165 पटक पढिएको
  • मेयर र उपमेयरमा नै महिला विजयी भएको एकमात्र पालिका

    धनगढी / कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार विजयी भएका छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवार विजयी भएका हुन् ।मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका छन् । कांग्रेसकी शाहीले १२ हजार ७ सय १३ मत प्राप्त गरी मेयर पदमा विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईँले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हज

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 244 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा