राजनीति

    Showing 4,881-4,890 of 7,574 items.
  • ‘प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरभित्रै हुन्छ’

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव कात्तिक वा मंसिर भित्रै चुनाव हुने बताएका छन् ।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । देउवाले भने, ‘हामी सरसल्लाह गर्दैछौँ । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिर मै चुनाव हुन्छ ।’स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसिइ रहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरूले फागुनमा चुनाव गर्न

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 78 पटक पढिएको
  • वडाध्यक्षलाई महिला सदस्यले हानिन चप्पलले

    सप्तहरी / सप्तरीको बलान बिहुल गाउँपालिकाकी एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्ष माथि चप्पल प्रहार गरेकी छन् । बलान बिहुल गाउँपालिका –२ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् । वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको समय तोकिएको थियो । कार्यपालिका सदस्यको निर्वाचन सकिए लगतै मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कासि चप्पलले आक्रमण गरेकी गाउँपालिका अध्यक्ष खेमचन्द

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 133 पटक पढिएको
  • सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मत रुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको हो ।सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा। विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिला कुमारी सदस्य छन् ।उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 69 पटक पढिएको
  • प्रधानमन्त्रीसहित मन्त्रीहरूले अझै सार्वजनिक गरेनन् सम्पत्ति विवरण

    काठमाडौँ / सरकार गठन भएको ११ महिना वितिसक्दा समेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरेको छ ।  गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण गोप्य राखिएको प्रधानमन्त्री र मन्त्रीहरूले हो । कानुनतः कुनैपनि व्यक्तिले सार्वजनिक पद धारण गरेपछि ६० दिन भित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । र हरेक आर्थिक वर्षको अन्त्यमा पुनः सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 80 पटक पढिएको
  • पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, डेढ दर्जन घाइते

    रूपन्देही / बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा स्वं राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।आज १९ जेठमा स्व. राजा वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी ९ प्रहरी र आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 87 पटक पढिएको
  • मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

    जनकपुर / मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोक प्रस्ताव आजको बैठकमा पेश गरिने का

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 73 पटक पढिएको
  • प्रचण्डको चेतावनी – एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस्

    काठमाडौँ /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहङ्कार बढे एमालेलाई जसरी ठेगान लगाउने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेसलाई यस्तो चेतावनी दिएका हुन् ।प्रचण्डले भने, ‘कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’कांग्रेसलाई अहंकार र दम्भ नगर्नसमेत आग्रह गर्दै प्रचण

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 94 पटक पढिएको
  • बजेट मान्छेहरू भुलाउने ‘ललिपप’ हो : लिङदेन

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट मान्छेहरू भुलाउने ‘ललिपप’ भएको टिप्पणी गरेका छन् । लिङदेनले बुधबार संसद्मा बजेट माथिको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।उनले भने, – ‘यो बजेट ललिपप हो। मान्छेहरू भुलाउन ल्याइएको हो ।’ लिङ्देनले यस्तो बजेटले कसैको पनि जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । उनले यो बजेट विकास निर्माण केन्द्रित भन्दा पनि चुनाव केन्द्रित रहेको आरोप लगाए।  उनले आर्थिक संकट रोक्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने कुनैपनि योजना नभएको भन्दै टिप्पणी गरेका थिए। लिङदेनले कम्पनी र उद्योगहरूसँग डिल गरेर बजेट ल्याइएको आरोप लगा

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 76 पटक पढिएको
  • असोजमा महाधिवेशन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

    काठमाडौँ / विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । केन्द्रीय सदस्य ओम पुनका अनुसार पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ गते देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । १ असोजमा हुने महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको पुनले बताए । नेता धर्मेन्द्र बाँस्तोला, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । य

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 98 पटक पढिएको
  • माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिँदै

    काठमाडौं  / नेकपा (माओवादी केन्द्र)ले आजदेखि स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आज (बुधबार) र भोलि (बिहीबार) काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने ढकालले बताए । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष नेता एवं संघीयता विद्, अर्थ

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 89 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा