राजनीति

    Showing 4,821-4,830 of 10,339 items.
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • 284 पटक पढिएको
  • आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ। शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ। देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 269 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक– २०८२ प्रस्तुत गर्ने छन् ।त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२ प्रस्तुत गर्ने छन् ।कानून, न

    • प्रकाशित मितिः असार २९, २०८२
    • 243 पटक पढिएको
  • राजनीतिक तानातानपछि काठमाडौं महानगरको २५ अर्बको बजेट अन्तिम चरणमा

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाहले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको छ। गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 781 पटक पढिएको
  • राप्रपाभित्रको गुटबन्दी तीव्र, असन्तुष्ट पक्ष आयोगमा उजुरी लिएर

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर पक्षले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।इतर पक्ष आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 520 पटक पढिएको
  • प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 377 पटक पढिएको
  • गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् ।शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् ।उनले भने, ‘विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट हो । यो व्यवस्थाको मेरुदण्ड भनेकै राजनीतिक दल हुन् । दलहरूले व्यवस्था सुदृढ गर्ने, जनताले महसुस गर्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 267 पटक पढिएको
  • न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

    काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए । जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र

    • प्रकाशित मितिः असार २८, २०८२
    • 270 पटक पढिएको
  • नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

    काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’यस्तै, उनले नेपाललाई वि

    • प्रकाशित मितिः असार २८, २०८२
    • 362 पटक पढिएको
  • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

    काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।  नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेको थियो जसमा सबै प्रकारका सवारीका लागि ८०%, २०% कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कु

    • प्रकाशित मितिः असार २८, २०८२
    • 297 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.