राजनीति

    Showing 4,691-4,700 of 7,570 items.
  • पूर्व अर्थमन्त्री प्रकरण : छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदै

    झापा / चालू आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ ।समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार समितिका सभापति लक्ष्मणलाल कर्णले आज सभामुख सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने भएका हुन् । प्रतिवेदनलाई अन्तिम रूप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । संसदीय छानबिन समिति गठन भएपछि अर्

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 79 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँ आइपुगे

    काठमाडौँ  / दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौँ आइपुगेका छन् । परराष्ट्र स्रोतका अनुसार उनी चार्टर्ड विमानमा भारत हुँदै केहीबेर अघि काठमाडौँमा ओर्लिएका हुन् ।दुई दिने भ्रमणमा नेपाल आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।काठमाण्डुस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् । लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनक

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 128 पटक पढिएको
  • विराटनगरका मेयर कोइरालाले बुझाए सम्पत्ति विवरण, कति छ उनको सम्पत्ति ?

    विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण अनुसार कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको छ । विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका उनले विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र बुझाएका छन् । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर (८५ कठ्ठ) जग्गा रहेको विवरणमा उल्लेख छ । विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 126 पटक पढिएको
  • एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्दै चार कम्युनिस्ट पार्टी

    काठमाडौँ / संसद बाहिरका चारवटा कम्युनिस्ट पार्टीहरूले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्ने भएका छन् । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।उनीहरूका अनुसार साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डुमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाण्डुमा विरोध प्रदर्शनका

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 97 पटक पढिएको
  • बजेट प्रकरण : पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

    काठमाडौँ / पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार केही विषय प्राविधिक भएकोले सीसीटीभी फुटेजमाथी फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने भएकाले बैठक स्थगित गरिएको हो । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने बताउँदै अर्यालले भने, ‘–बेलुकी चार बजे बस्ने बैठकमा फरेनसिक ल्याब विज्ञहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’नेपाल प्रहरीको फरेनसिक ल्यबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।सोही

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 126 पटक पढिएको
  • ‘नागरिकता विधेयकमा गठबन्धनका नेताहरूले बलमिच्याँई गरेका छन्’

    काठमाडौँ / राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरूले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाएकी छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।डा। पौडेलले भनिन्, –‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई गरेको छ । सांसदको अवमूल्यन गरेको छ । गठबन्धनका दलहरूका नेताहरूले बलमिच्याँइ गरेका छन् ।’नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले बताइन् । ‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 92 पटक पढिएको
  • साउन १३ र १४ गते महानगरपालिकाको मेयर सम्मेलन

    काठमाडौँ / नेपालका महानगरपालिकाका मेयरहरूको सम्मेलन पोखरामा हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि उक्त सम्मेलन गर्न लागिएको बताइएको छ । गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिने पोखराका मेयर धनराज आचार्यले बताए ।यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरू

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 111 पटक पढिएको
  • संघीयता खारेजीलाई चुनावी एजेण्डा बनाउने लिङ्देनको प्रस्ताव

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेजीलाई एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् ।बिहीबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदनमार्फत संघीयता खारेजीको पक्षमा राप्रपालाई बलियोसँग उभ्याउने प्रस्ताव गरेका हुन् । उनले तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने ठहर गरेका छन् ।‘आगामी संघ र प्रदेशको चुनावमा राप्रपाले यी विषयलाई जोडदार रूपमा उठाउने छ,’ उनले भनेका छन्, ‘समय छँदै हाल कायम संरचनागत कमी कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्या

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 83 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पेश गरिने

    काठमाडौँ  / प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ ।आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ ।गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छ

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 78 पटक पढिएको
  • आज बीपी स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    बिर्तामोड / आज नेपाली कांग्रेसका संस्थापक तथा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ४०औंँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मीएका कोइरालाको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक मानिन्छन् ।कोइरालाले साथीहरूसँग मिलेर २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक क

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा