राजनीति

    Showing 441-450 of 6,459 items.
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 388 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 422 पटक पढिएको
  • भयतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 417 पटक पढिएको
  • नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आइतबार दुवै उपराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 452 पटक पढिएको
  • एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु—चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए ।उनले सम्झौताप्रति सर्वसाधारण, बुद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 431 पटक पढिएको
  • राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 445 पटक पढिएको
  • द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि होः गृहमन्त्री लेखक

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा उनँले यस्तो बताएका हुन् ।‘द्वन्द्वको प्रकृति फरक छ ।  जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने । द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 437 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 404 पटक पढिएको
  • ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

    रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 116 पटक पढिएको
  • तीन दशकमा माइन तथा विस्फोटनका कारण ६५१ जनाको मृत्यु, २,८९९ घाइते

    काठमाडौं–  गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको अवधिमा माइन तथा विभिन्न विस्फोटनजन्य घटनाका कारण प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको ज्यान गएको जानकारी दिएका छन्।राष्ट्रिय सभामा सांसद मदनकुमार साहको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २,८९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई सरकारले प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी उनले दिए।शहीद तथा घाइतेका सन्तानलाई वार्षिक रुपमा छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई  अपाङ्गताको प्रतिशतअनुसार मासिक भत्ता दिइँदै आएको गृहमन्त्री लेखक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा