राजनीति

    Showing 4,411-4,420 of 10,338 items.
  • नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग

    काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो  सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयो

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,545 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

    काठमाडौं –  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ ।बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो ।छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् ।उनले

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 647 पटक पढिएको
  • श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान कार्यक्रममा उनले श्रमिक स्वस्थ्य भयो भने मुलुक स्वस्थ्य रहने भन्दै यसको लागि आगामी दिनमा नीतिगत परिवर्तन र अन्तर्राष्ट्रिय मान्यताको आधारमा अगाडि बढ्ने प्रयासमा मन्त्रालय रहेको बताए ।उनले भने, ‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो । श्रमिक स्वस्थ्य भयो भने प्रतिष्ठान स्वस्थ्य हुन्छ, मुलुक स्वस्थ्य हुन्छ । सबैले आफ्नो क

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 572 पटक पढिएको
  • बजेटका उद्देश्य पूरा गर्नेगरी क्रियाशील हुन अर्थमन्त्री पौडेलको निर्देशन

    काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्नेगरी लाग्न निर्देशन दिएका छन् ।मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए । औषत प्रयासले लक्ष्यहरु पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यहरुमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे ।&

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 516 पटक पढिएको
  • भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पु¥याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’उनले कानुनको भूमिका अस्वीकार नगरे पनि केवल

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 643 पटक पढिएको
  • जसपा र राष्ट्रिय मूक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् भनि टिप्पणी गरेका छन् । दुई दलबीच भएको कार्यगत एकता सफलताको शुभकामना दिँदै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।बस्नेतले भने, ‘पहिचानवादीहरु एक ठाउँमा हुँदाखेरी नै जनतामाथि षड्यन्त्र हुने गर्दछ । पहिचानको आन्दोलनमाथि धोका दिने काम हुन्छ । आफूलाई पहिचानवादी ठान्नेहरु वास्तवमा अस्थिर र अवसरवादी छन् ।’उनी पहिचानवादी भनिनेहरु पहिचान विरोधी शक्तिको इशारा र निर्देशनमा चल्ने

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 530 पटक पढिएको
  • भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’

    काठमाडौं –  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् ।उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 598 पटक पढिएको
  • प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 511 पटक पढिएको
  • विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : प्रचण्ड

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन्  ।चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 382 पटक पढिएको
  • आज पाँचवटा संसदीय समितिका बैठक बस्दै

    काठमाडौं – आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्दैछ ।यसैगरी बिहान ११ ः३० बजे बस्ने उद्योग वाणिज्य समितिको बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.