राजनीति

    Showing 4,381-4,390 of 10,335 items.
  • नेपालले जलवायु अन्याय भोगिरहेको छ – परराष्ट्र मन्त्री राणा

    काठमाडौं— परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आजदेखि राजधानीमा शुरू भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, “यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ ।” मन्त्री डा. राणाले भनिन्, “हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभए

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 545 पटक पढिएको
  • राष्ट्रियसभाको संसदीय समितिमा निजामती विधेयकमाथि छलफल सुरू

    काठमाडौं— प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।प्रतिनिधिसभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छ

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 608 पटक पढिएको
  • ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सहित युरोपेली नेताहरु सोमबार अमेरिका जाँदैछन् ।युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले आइतबार भनिन् कि उनी र अन्य युरोपेली नेताहरू, साथै युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सोमबार वाशिंगटन जाँदैछन् ।“राष्ट्रपति जेलेन्स्कीको अनुरोधमा, म भोलि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र अन्य युरोपेली नेताहरूसँगको बैठकमा सामेल हुनेछु,“ भोन डेर लेयनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन् ।जेलेन्स्कीसँगको पछिल्ला पत्रकार सम्मेलनमा भोन डेर लेयनले भनि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 817 पटक पढिएको
  • आजदेखि काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय बैठक

    काठमाडौं— ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ ।साथै ब

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 553 पटक पढिएको
  • सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको उल्लेख गरेका छन् ।‘इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो ।  इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H=E= Mr= Isaac Herzog  र संसद अध्यक्ष H=E= Mr= Amir इजबलब सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 737 पटक पढिएको
  • भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

    काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’उनले व्यक्तिगत सहजता देखिए

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 525 पटक पढिएको
  • कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन् ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् ।केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 576 पटक पढिएको
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने का

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 496 पटक पढिएको
  • नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने

    काठमाडौं— विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानुन परिमार्जन आवश्यक भएको धारणा राखे ।लेखकले भने, ‘कानुन निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानुनहरू निर्माण गर्नुपर्ने हो । हिजो नागरिकता सम्बन्धी जुन विषयहरू देखिएका थिएनन्, आज ती देखिएका छन् । भोलि थप विषयहरू देखा परेमा त्यसलाई सम्बोधन गर्नैपर्छ ।’उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने भएको उल्लेख गर्दै भने, ‘आम

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 476 पटक पढिएको
  • कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 635 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.