राजनीति

    Showing 4,381-4,390 of 7,564 items.
  • डडेल्धुरामा ११ बजे पछि मतगणना सुरु हुने

    काठमाडौं / डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने बित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 104 पटक पढिएको
  • झापा २ : एमालेका घिमिरे अघि अघि , गठबन्धनका राना पछि पछि

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको छ । जम्मा १६३४ मतगणना हुँदा एमालेका देवराज घिमिरेले ६२० मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका हरिकुमार रानाले ३९७ मत पाएका छन् ।  झापा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका स्वगत नेपालले  ३०१ मत प्राप्त गरेका छन्  । झापा २ मा सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 109 पटक पढिएको
  • काठमाडौं १ मा मतगणना सुरु

    काठमाडौं / काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 87 पटक पढिएको
  • झापा -२ को मतगणना सुरु

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  त्यस्तै झापा १ , ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ । सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 98 पटक पढिएको
  • झापा १ को मतगणना ८ बजे पछि शुरु हुने

    बिर्तामोड / हिजो सम्पन्न आम निर्वाचनको आज मतगणना शुरु हुनेछ । झापा क्षेत्र नं. १ को मतगणना आज बिहान ८ बजेपछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए । उनका अनुसार ‘सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लाग्यो । बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ त्यस पछि मतगणना शुरु हुन्छ ।’ झापा क्षेत्र नं. १ मा ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत महतले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 73 पटक पढिएको
  • मिथ्या सूचनाको पछि नलाग्न कांग्रेस र माओवादीको आग्रह

    काठमाडौं / निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।“कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैप्रति घात हुने कल

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 92 पटक पढिएको
  • निर्वाचन आचार संहिता उल्लंघन गरेकाे भन्दै आयोगद्वारा शहरी विकासमन्त्री र स्वास्थ्यमन्त्रीलाई जरिवाना

    झापा  / निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो ।उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसा

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 76 पटक पढिएको
  • नेकपा बहुमतका केन्द्रिय उपाध्यक्षसहित चार जना पक्राउ

    सर्लाही  / सर्लाहीको हरिवन नगरपालिका –११ बाट चुनाव बहिष्कार गर्ने प्रचार–प्रसार गर्दै हिँडेका नेकपा (बहुमत) पार्टीका चार जनालाई नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा (बहुमत) पार्टीका जिल्ला इन्चार्ज विचारमान थिङ्ग, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य भरत पुलामी मगर र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियार रहेका छन् । निर्वाचन बहिष्कार गर्ने प्रचार प्रसार गर्दै हिँडेका उनीहरूलाई शुक्रबार दि

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 70 पटक पढिएको
  • आयोगद्वारा दीपक मनाङेलाई २५ हजार जरिवाना

    काठमाडौँ /  निर्वाचन आयोगले राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना तिराउने भएको छ ।आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले  मनाङेलाई कात्तिक १४ गते आयोगले स्पष्टीकरण सोध

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 94 पटक पढिएको
  • एमालेका कार्यकर्ताकाे कुटाइबाट माओवादीका पाँच कार्यकर्ता घाइते

    महोत्तरी  / महोत्तरीमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल रहेका छन् । घाइतेमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको पीडित अनिल मण्डलले बताए ।मण्डलका अनुसार मदिरा सेवन गरेका युवाहरूले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरेका थिए । रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 82 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा