राजनीति

    Showing 4,251-4,260 of 10,323 items.
  • आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । आइतबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।  विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ । यस्तै बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छल

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 608 पटक पढिएको
  • लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 687 पटक पढिएको
  • लुम्बिनीकी ३३ वर्षीया सांसद सरिता पुनको उपचारका क्रममा निधन

    बुटवल— लुम्बिनी प्रदेशसभाकी सांसद सरिता पुनको निधन भएको छ। ३३ वर्षीया सांसद पुनको शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा निधन भएको हो।पुथा उत्तरगंगा गाउपालिका–१० तकसेरा निवासी पुनले आफ्नो क्षेत्रमा इमान्दार छवि भएकी थिइन्। पुनको २ वर्ष अघि मात्र –रुकुम पश्चिमका गोपाल योगीसँग विवाह भएको थियो।पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो। दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको हो।उनि सानै देखि मुटुको विरामी रहेको पारिवारी स्रोतले जानकारी दियो।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 687 पटक पढिएको
  • मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला

    बर्दिया । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् । परिवारले बाध्यताले मृत्यु दर्ता गराएको वा न्यायीक मृत्यु घोषणा गराएको भएपनि उनीहरूको खोजविन गरि अवस्था सार्वजनिक गर्ने बताएकी हुन् । १५ औँ अन्र्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दिया पुगेकी अध्यक्ष गड्तौलाले उजुरीको आधारमा सत्य तथ्य जाँच गरी बेपत्ताको अवस्था सार्वजनिक गर्ने बताइन् । द्वन्द्वपीडित समिति ठाकुरबाबाकी अध्यक्ष उमा मल्लको मृत्यु दर्ता गरेका व्यक्तीको हकमा बेपत्ता आ

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 420 पटक पढिएको
  • सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालन भैइरहेका सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्ने बताएका छन् ।बागमती प्रदेश सम्पर्क कमिटी समृद्ध बागमतीको लागि युवा सहभागिता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सर्वौच्च अदालतको निर्देशनात्मक फैसला अनुसार नै सरकारले सामाजिक सञ्जालहरु दर्ता गर्न लागेको बताएका हुन् ।उनले भने, ‘एउटा अनलाईन मिडियाले मनपरि लेखेको थियो अदालतको बारेमा । जसमा मानहानी मुद्दा पर्यो र त्यसमा मानहानी मुद्दाको फैसलामा अदालतले  नेपालमा सञ्चालन भैइरहेका सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ, दर्ता भए मात्रै सञ्च

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 287 पटक पढिएको
  • धनुषामा मुर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद

    जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपूरा रुपैठामा हिन्दु र मुस्लिमसमुदायबीच विवाद उत्पन्न भएको छ ।गणेश पूजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो । ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिन नजिकका प्रहरी चौकीहरुबाट पनि अतिरिक्त टोली परिचालन गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । स्थिती नियन्त्रणमा

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 297 पटक पढिएको
  • पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा : महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन् । शनिबार नेकपा (एमाले) गोदावरी नगर कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन् । ‘सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएपछि उनीहरुको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, भूतपूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सुरक्षा नेपाल प्रहरीले गर्छ तर भूतपूर्व राष्ट्रपति र

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 369 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 454 पटक पढिएको
  • नेपाल प्रहरीका ३२ महानिरीक्षकः तोरणदेखि चन्द्रदेवसम्म

    काठमाडौं— नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो ।त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आइजीपी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आइजीपीदेखि ३१ औँ सम्मको फेहरिस्त रोचक छ । १. तोरण शमशेर जबरा: नेपाल प्रहरीको पहिलो आईजिपी हुन् तोरण शमशेर जबरा । प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजिपी

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 801 पटक पढिएको
  • सांसदहरुको आक्रोश: सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् ।‘रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार आउँदा सरकार मौन बस्नु हुँदैन ।दोषीमाथि कारबाही गर्नुपर्ने हो। तर सरकार जनताको पीडाभन्दा पनि आफ्नो कुर्सी जोगाउने र आफ्ना मान्छेहरूलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ ।’उनले संसदमा जनताको आवाज नसुन्ने हो

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 704 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.