बिर्तामोड / सत्तारुढ तीन दलका विद्यार्थी सङ्गठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको दोषी तत्कालीन ओली सरकार रहेको बताएका छन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी घटनाको दोषी तत्कालीन सरकार भएको बताएका हुन् । उनीहरूले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् भने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरुपयोग गरी
गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मानयता, संस्कार र पर्वलाई समयानुकूल बनाउनुपर्ने बताएका छन् । विजयादशमी २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार प्रवृत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधतायुक्त सुन्दर राष्ट्र भएको उल्लेख गर्दैै शुभकामना सन्देशमा उनले भनेका छन्, “विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो ।”सबै जाति, भाषा संस्कृति र सभ्यत
बिर्तामोड / हिन्दु नेपालीहरूको पर्व दशैँ शुरु भएसँगै सांसदहरुले पनि दशैँ बिदा पाएका छन् । दशैँ बिदा दिँदै प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मङ्गलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्र
विराटनगर / प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचन
चितवन / जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुमबासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, –“सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले थपे, “वास्तविक सुकुम्बासी पहिचान गरौँ, तितर वितर पार
पोखरा / प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् ।गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश सरकारको अघिल्लो नीति तथा कार्यक
जनपुरधाम / जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले पदबाट राजिनामा दिएका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएको भन्दै झाले पदबाट राजिनामा दिएका हुन् । जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष दुई महिना सम्म काम गरेको बताउँदै झाले आफू बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने बताएका छन् । उनले आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहने समेत बताए । प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । पत्रकारिता पृष्ठभ
बुटवल / लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो ३ बजे शपथका लागि तयारी भइरहेको छ ।आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री रहेका छन् । आज विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुँदै छ। आज कांग्रेसबाट तीन मन्त्री, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री हुँदै छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रू
काठमाडौँ / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे।उहाँले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गरे । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएक
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताए ।कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.