काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनि
धनुषा / कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामस्थित आज बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका हुन् । समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर
वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन्। भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरेका छन् । “ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो । “बन्दै गरेका बाटा, पुल, सुरुङ, अस्पताल, विमानस्थल, कलकारखाना तथा कृषि उद्यम हेर्
काठमाडौँ / नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरेका छन् । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् ।उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखेका छन् ।
काठमाडौँ / पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पछिल्ला दुई दिनमा भएका भेटवार्ता आदिको समीक्षा हुने जनाइएको छ ।यही वैशाख ६ गतेको बैठकको निर्णयका आधारमा एमालेले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेता झलनाथ खनाल,
काठमाडौँ / नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो । यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बसेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्
गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अभैm प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका हुन् ।लोकतान्त्रिक गणतन्त
काठमाडौं / सरकार जोगाउन विश्वासको मत लिनुपर्ने अवस्था बन्दै गएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका २७ सांसदलाई कारवाही गर्ने तयारी गरेका छन् ।पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको भन्दै वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित नेपाल समूहका सांसदलाई कारवाही गर्ने तयारी भएको बुझिएको छ ।कारवाहीको पहिलो चरण स्वरुप ४८ घण्टे समय राखेर स्पष्टीकरण स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएको छ ।स्पष्टीकरण सोध्न लागिएका सांसदहरुस्पष्टीकरण सोधिएका सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल
बिर्तामोड / सोमवार बसेको मन्त्री परिषदको वैठकले गरेका निर्णयको मंगलार प्रधानमन्त्री आफैंले अवज्ञा गरेर सरकारी निर्णयको धोती लगाउने काम गरेका छन् । सोमवारको वैठकले नागरीकको स्वास्थ्यलाई मध्यनजर गर्दै गरेका महत्वपुर्ण निर्णयलाई प्रधानमन्त्री आफैंले अवज्ञा गरेपछि ति निर्णय कार्यान्वयनमा समेत समस्या खडा भएको छ ।नागरीकले सरकारी निर्णयको अवज्ञा गरेको पाईए कारवाही गर्ने आदेश दिएको सरकारका प्रमुखले नै आफैंले गरेको निर्णयको अवज्ञा गरिदिएपछि उनीमाथि कारवाही कसले गर्ने अव भनेर नागरीक स्तरमा बहस अनि प्रश्न उठ्न थालेको छ । सोमवारको वैठक पछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी निर्णयको अव
बिर्तामोड / एमसीसी र संसदको वैठकका विषयमा विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा विच विवाद चलिरहेको समयमा आज सर्वोच्च अदालतमा सापकोटा विरुद्ध दायर द्वन्द्वकालिन तीन वटा मुद्दाको पेशी चढेको छ ।सभामुख सापकोटा र प्रधानमन्त्री ओली विचको विवाद उत्कर्षमा पुगेका वेला सर्वोच्चमा सापकोटा विरुद्ध दायर मुद्धा पेशीमा चढेपछि राजनितिक क्षेत्र तरङगीत बनेको छ । सभामुखको विरुद्धका तिन मुद्धाको सर्वोच्चले एकै पटक पेशी तोकिदिए पछि मुलुकको राजनिति माथि नै अनेकौं शंका समेत उव्जिएका छन् । पहिलो संविधान सभाको निर्वाचनको समयमा सापकोटा सञ्चार मन्त्री रहेका वेला १० वर्षअघि काभ्रेमा भएको अर्जुन
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.