काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गरेकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरिन् ।उनले भनिन्,‘संसदमा निरन्तर सम्माननीय प्रधानमन्त्रीज्यूको खोजी भइरहेको छ । प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ, त्यसैले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्र
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए। विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।‘हाम्रो उ
सुर्खेत / कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए । अकस्मात मन्त्रीहरुले राजिनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ । २०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागि नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन् । काँग्रेसबाट सरकारमा सहभाग
काठमाडौं । संघीयताको आधार मानिएको प्रदेश सभाको मुख्य जिम्मेवारी प्रभावकारी कानुन निर्माण हो। तर सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल चार वर्ष पुग्न लाग्दा कानुन निर्माणको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। अधिकांश समय बजेट र राजनीतिक विवादमै बित्दा जनसरोकारका महत्वपूर्ण विधेयक अझै समितिमै थन्किएका छन्। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल चार वर्ष पूरा हुन लाग्दा कानुन निर्माणको उपलब्धि अपेक्षाभन्दा कमजोर देखिएको छ। प्रदेश सभा सचिवालयका अनुसार हालसम्म २३ वटा विधेयक दर्ता भए पनि १५ वटा मात्रै ऐनका रूपमा प्रमाणीकरण भएका छन्। बाँकी ८ विधेयक भने अझै विषयगत समितिमै अड्किएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर मतभेद देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाह राजनीतिक संकटमा परेका छन्।बजेटमा आफ्नै सत्ता साझेदार एमालेले खर्च कटौतीको प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएको छ। निकास खोज्न काठमाडौं पुगेका मुख्यमन्त्री शाह उच्च राजनीतिक तहबाट स्पष्ट समर्थन नपाएपछि धनगढी फर्किएका छन्।यदि असार मसान्तभित्र बजेट पारित हुन सकेन भने प्रदेश ‘बजेट होलिडे’ मा जाने जोखिम बढेको छ। यता एमाले र प्रतिपक्षी नेकपा दुवैले बजेटविरुद्ध अडान कायम राखेकाले सरकारमाथि थप दबाब परेको छ।राजनीतिक वृत्तमा अब मुख्यम
जनकपुर— बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ ।पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन । प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनु
काठमाडौं— आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।अर्थ समितिको बिहान ८ः३० बजे बस्ने भएको हो । बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ । आ.व.२०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची रहेको छ । बिहान ८ बजे बस्ने उद्योग
काठमाडौं— आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् ।त्यसैगरी अर्थमन्त्री डा. स्व
काठमाडौं । सञ्चारगृह र नेताको घरअगाडि गरिएको विवादास्पद गाडी पार्किङलाई सरकारको योजनाबद्ध कदम नभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन्।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सार्वजनिक व्यवस्था बिगार्ने गरी जथाभावी गाडी पार्किङ गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।मन्त्री पोखरेलका अनुसार प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ र संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि उन्मुक्ति नपाउने बताए। उनले सरकारले विधिको शासन र कानुनी कारबाहीमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश पनि दिएका छन्।
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली र शोक समवेदना व्यक्त गर्न तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन्।भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलको शोक सन्देश कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उपराष्ट्रपतिसँग उच्च सरकारी अधिकारीहरूको टोली पनि रहेको छ। उनी असार ३२ गते स्वदेश फर्कने कार्यक्रम छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.