काठमाडौं— नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ,
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ ।यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर
गोरखा। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताउनुभयो ।“दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन”, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, “जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ ।” उहाँले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र
गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताउनुभयो । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उहाँले भन्नुभयो, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।” केन्द्रले एक निर्वाचन क्षेत्रबाट त
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहनुभएकी कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सोमबार साँझ प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम
काठमाडौँ। नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअन
काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति बनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवादद समिति गठन गरेको छ । समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
काठमाडौं। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गर्ने निर्णय गरेको हो।समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्। निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संबाद गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।त्यस्तै राष्ट्रिय
काठमाडौं— नेकपा एमालेले ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितका विभिन्न समयतालिकामा परिवर्तन गरिएको जानकारी दिएको हो।आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिका बमोजिम आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गरिनेछ। यसअघि उम्मेदवारी दर्ता बिहान साढे १० बजेदेखि साढे १ बजेसम्मका लागि तोकिएको थियो।नयाँ तालिकाअनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने छ भने ५ देखि ६ बजेसम्म उम्मेदवारी
काठमाडौं— नेकपा (एमाले) को ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि काठमाडौंको भृकुटिमण्डपमा जारी छ। महाधिवेशन स्थलमा नेतादेखि कार्यकर्ता सम्मको उल्लेखनीय उपस्थितिले भृकुटिमण्डप अत्यन्तै भीडभाड र उत्साहपूर्ण देखिएको छ।देशभरबाट आएका एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको सक्रिय सहभागिताले महाधिवेशनमा जोश र उमंग थपिएको छ। नाराबाजी, छलफल र सांगठनिक गतिविधिका कारण सम्पूर्ण वातावरण राजनीतिक ऊर्जा र उत्साहले भरिएको देखिन्छ।महाधिवेशनमा पार्टीको भावी कार्यदिशा, नेतृत्व चयन तथा नीति–कार्यक्रमबारे महत्वपूर्ण छलफलहरू जारी रहेको जनाइएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.