राजनीति

    Showing 391-400 of 10,274 items.
  • विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

    सर्लाही— मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 368 पटक पढिएको
  • डोजर अभियानुपछि ९ जनाको मृत्यु सरकारले संस्थागत हत्या गरेको कांग्रेसको आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानमाथि गम्भीर प्रश्न उठाउँदै डोजर सञ्चालनपछि मृत्यु हुनेको संख्या ९ पुगेको दाबी गरेकी छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गुरुङले सुकुम्बासी व्यवस्थापनमा सरकार मानवीय संवेदनशीलताभन्दा बल प्रयोगमा केन्द्रित भएको आरोप लगाइन्। उनले डोजर अभियानपछि १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्वल तामाङसम्म ९ जनाले ज्यान गुमाएको उल्लेख गर्दै सरकारको नीति नै त्यसको कारण बनेको दाबी गरिन्।उनले ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलमपाखी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 158 पटक पढिएको
  • सभापति थापाको स्वीकारोक्ति : सत्ताको लोभले कांग्रेस कमजोर बन्यो

    काठमाडौं । निर्वाचनमा अप्रत्याशित हारपछि नेपाली कांग्रेसले आफ्नै कमजोरी स्वीकार्दै पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ। सभापतिले सार्वजनिक गरेको लामो राजनीतिक दस्तावेजमा विगतको सत्तामुखी राजनीति, नागरिकसँग बढेको दूरी र पार्टीभित्रको सिन्डिकेट नै पराजयका मुख्य कारण रहेको स्वीकार गरिएको छ।कांग्रेसले अब जोसँग पनि सत्ता साझेदारी गर्ने पुरानो शैली अन्त्य गर्ने, सिद्धान्तनिष्ठ प्रतिपक्षको भूमिका निभाउने र नागरिकका मुद्दामा केन्द्रित हुने नीति लिएको जनाएको छ।पार्टीले देशभर सञ्चालन गरेको ुजरा अभियानु मार्फत मतदाता र कार्यकर्ताको असन्तुष्टि सुनेपछि संगठनात्मक सुधार सुरु गरिएको दाबी गरेक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 70 पटक पढिएको
  • राष्ट्रियसभा साउन १५ सम्म स्थगित

    काठमाडौं ।राष्ट्रियसभाको बैठक अब साउन १५ गते बस्ने भएको छ। बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठकको मिति घोषणा गर्दै सदन स्थगित गरेका हुन्।बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन संसदमा पेश गरिन्।यसैगरी अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रको विवरण पनि सदनलाई जानकारी गराएका थिए। त्यससँगै राष्ट्रियसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 61 पटक पढिएको
  • एक वर्षमा १६६ विधेयक ल्याउने सरकारको घोषणा

    काठमाडौं ।सरकारले आगामी एक वर्षभित्र संघीय संसदमा १६६ वटा विधेयक दर्ता गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विधेयकहरूको प्राथमिकतासहितको सूची बुझाउँदै पहिलो चरणमै आगामी कात्तिक मसान्तभित्र ६४ वटा विधेयक संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएकी हुन्।सरकारको कार्ययोजनाअनुसार कात्तिकसम्म ६४, फागुनसम्म थप ४५ र असारभित्र थप ५७ विधेयक संसदमा पेश गरिनेछ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन र आवश्यक कानुनी सुधारलाई तीव्रता दिन सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।यस योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिप

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 69 पटक पढिएको
  • कमलबहादुर शाह सरकार अल्पमतमा ? मन्त्री बर्खास्तलगत्तै एमालेले तान्यो समर्थन

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता समीकरण नाटकीय रूपमा बदलिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बुधबार बसेको एमाले संसदीय दलको बैठकले अब कमलबहादुर शाह नेतृत्वको सरकारलाई साथ नदिने औपचारिक निर्णय गर्दै प्रदेशको राजनीतिक समीकरण नै उल्ट्याइदिएको छ।मुख्यमन्त्री शाहको मन्त्री बर्खास्त गर्ने कदमपछि एमालेले त्यसलाई गठबन्धनको विश्वासमाथिको प्रहार भन्दै तत्काल समर्थन फिर्ता लिएको हो। यससँगै प्रदेश सरकारको बहुमत कायम रहने वा नरहने विषय चासोको केन्द्र बनेको छ।एमालेको निर्णयपछि अब

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 61 पटक पढिएको
  • आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्।उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 191 पटक पढिएको
  • इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

    काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।उनले भने, ‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 78 पटक पढिएको
  • इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

    काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।उनले भने, ‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 62 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले छिटो निर्णय लिनुपर्ने राप्रपा सांसद भाटको माग

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले उक्त विषयमा लामो समयदेखि आपत्ति जनाउँदै आएको उल्लेख गर्दै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाअनुसार निर्णय लिनुपर्ने बताए।उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सदन हजुरको विवेकको निर्णय सुन्न चाहन्छ। हजुरको विवेकले के भन्छ? किनभने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हामीले महिनौँदेखि निरन्तर आपत्ति जनाउँदै आएका छौँ। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइरहेको छ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.