काठमाडौं— नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
काठमाडौं । नेकपा (एमाले)को मतदान सुरु हुनुअघि प्रतिनिधिहरू लामबद्ध भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका छ । सोही तालिकाअनुसार प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन् । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।
काठमाडौं— आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्तले मन्त्रीहरूसँग छलफल गरेका छन्। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित उक्त छलफलमा विभिन्न मन्त्रीहरूको सहभागिता रहेको थियो।छलफलका क्रममा निर्वाचनको तयारी, आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्था तथा निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने विषयमा विचार–विमर्श गरिएको जनाइएको छ। सहभागी मन्त्रीहरूले आ–आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्दै निर्वाचन सफल बनाउन सरकार र आयोगबीचको समन्वय आवश्यक रहेको बताए।प्रमुख निर्वाचन आयुक्तले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्य
काठमाडौं— आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।मंगलबार क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारवाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।भेटमा कोइरालाले क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिन
काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा.गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए ।त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यम
काठमाडौं— नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो¥याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपि
काठमाडौं— नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औँ बैठक आज बस्ने भएको छ ।बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितीमा दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं— नवलपरासी पश्चिम क्षेत्र नं.२ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो ।नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति गर्व व्य
काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनको संघारमा काठमाडौंको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ ।महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियू जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र समुदायको सक्रिय सहभागिताबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए। उनले नेकपा एमालेभित्र कुनै पनि गुट नरहेको दाबी गर्दै सबैलाई समेटेर अघि बढ्ने पार्टीको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। अब आउने नेत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.