काठमाडौँ, । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन ।विश्वविद्यालयको आर्थिक वर्ष २०७८ र ७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न मंगलबार बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे ।‘नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ । यसका साथै देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यान्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ’, प्रधानमन्त्री देउ
मोरङ / मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो ।मंगलबार लिम्बू र दिलिप गच्छदारबीच प्रतिस्पर्धा भएको थियो । यसअघिका उम्मेदवार यदुले गच्छदारलाई सहयोग गर्दा पनि लिम्बू विजयी भएका हुन् । मोरङको चुनावमा लिम्बूलाई हराउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाले गच्छदारलाई सहयोग गरेका थिए । ड
सोलुखुम्बु / नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मङ्लबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थि
बिर्तामोड / राप्रपाको आसन्न जारी अधिवेशनमा पार्टी नेतृत्वका लागि उमेद्धार बनेका झापाली नेता राजेन्द्र लिङ्देन अर्का अध्यक्ष कमल थापालाई ठुलो चुनौति बन्ने भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा दावी गरेका पार्टीका संस्थापक नेताहरू निर्वाचनका विषयमा खुलेपछि लिङ्देन थापाका लागि भारी हुने अवस्था देखा परेको छ ।पार्टी अध्यक्षमा दावी गर्दै आएका प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई साथ दिने घोषणा गरेपछि दबाबमा परेका नेता थापालाई पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले साथ दिने अनुमान गरिएको थियो । तर राणाले पनि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नदेखिएकाले आफू निर्वाचनमा तठस्त बस्ने घोषणा गरे
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् । उनले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले लिङदेनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले अध्यक्षद्वय पशुपतिशमशेर जबरा र कमल थापालाई पनि लिङ्देनलाई समर्थन गरी पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेक
चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिट
बुद्धशान्ति / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को प्रथम अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ ।५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिव मा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् ।प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं १ सहइन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।स्वागत मात्रिका पौडेलले गरेको कार्यक्रमको सञ्चालन दुर्गा ढुङ्गेलले गरेका थिए । सोही कार्यक्रमका बीच १३ जनाले अन्य पार्टी परित्याग गरी न
चितवन / नेकपा (एमाले) को नेतृत्व छनौटका लागि आज बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलजफ्ती सर्वसम्मत नेतृत्व छनौट गर्न कोसिस गरेपनि उनको कोसिस असफल भएपछि मतदानमा जानुपर्ने अवस्था आएको थियो ।मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट नै छनौट हुनेछ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अ
काठमाडौँ, / उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।चन्द्रागिरि नगरपालिका – २ वाडभन्ज्याङ स्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपान्तरण सम्भ
बिर्तामोड / चितवनमा जारी एमालेको महाधिवेशनमा सुरु भएको निर्वाचनमा निर्वाचन आचार संहिता विपरीत निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले पक्षले पर्चा वितरण गरेकोमा निर्वाचन समितिले आपत्ति प्रकट गरेको छ ।मुलुकको संविधान , ऐन तथा नियम विपरित काम गरेको भनेर चौतर्फी विरोध र आलोचना पछि सत्ता छाड्न बाध्य बनेका एमालेका निवर्तमान अध्यक्ष ओलीले सहमतिमा पार्टी अध्यक्ष बन्न गरेको प्रयास विफल भएपछि सुरु भएको निर्वाचनमा पनि आफ्नै पार्टीले बनाएको नियमको उलघंन गरेपछि विरोध सुरु भएको छ ।नेतृत्वका लागि सुरु भएको निर्वाचनमा आफ्नो प्रस्तावको विरोधमा उभिएका आफ्ना प्रतिष्पर्धा सहितका नेतालाई निर्वाचनमा पराजित गर्न पर्चा ब
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.