काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् ।पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहने भएकोले कार्यवहाक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन् । सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (आज) झापाबाट संवाद यात्रा सुरु गर्दै छन् । महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्दैछन। समुदायमा कांग्रेस अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले बताएको छ । महामन्त्री थापाले शनिबार(आज) विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन् ।पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवा
काठमाडौँ । नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।यसपाली स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुदै छ ।स्थापना दिवसकै सन्दर्भमा काँग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिव
काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला बिजयी भएकि छन । मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयी हुनुभएको छ भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन ।बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसक
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा काँग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा काँग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फा
काठमाडौँ । कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।उनले एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे । २ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो । उनलाई प्रदेश सभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् ।
काठमाडौँ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ६, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। रा
काठमाण्डौ । मधेश कृषि विश्वविद्यालय शिलान्यासको विवादले प्रदेश सरकारमा खैलावैला भएको छ। विश्वविद्यालयको भवन शिलान्यासका क्रममा सोमवार राजविराजमा झडप र पार्टीबाट नेतृत्व गरेका सांसद र मन्त्रीले प्रहरीको कुटाई खाएपछि सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ।मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार पदबाट राजीनामा दिएका हुन्। जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले बताएका छन।मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्र
बिर्तामोड । माघ ११ गते(बिहिबार) हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन गरेका छन्।एमाले र राप्रपाले कोशीमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका छन। कोशी प्रदेश एमालेका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र
काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार÷प्रसार गर्न र मतदातालाई प्रभावित नपाउने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन र प्रचारप्रसार गर्न नहुने उल्लेख छ । मौन अवधिभर कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि पनि रोक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.