राजनीति

    Showing 3,511-3,520 of 7,545 items.
  • नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

    काठमाडौं–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज शपथ ग्रहण गर्ने भएका छन् । लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०:४५ बजेबाट सुरु हुने छ । नेपाली काँग्रेस संसदीय दलका नेता लामा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा काँग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएपछि लामालाई मुख्यमन्त्री बनेका हुन् । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् । 

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 266 पटक पढिएको
  • पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ-  पूर्वमन्त्री एवं सांसद् वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् ।समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।जनता समाजवादीका सांसद महतोले प्रतिनिधि सभाको

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 216 पटक पढिएको
  • मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक

    काठमाडौँ- मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो ।गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तकभित्र राखेको छ ।यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 260 पटक पढिएको
  • बागमतीको मुख्यमन्त्री बने बहादुरसिंह लामा

    काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गरिसकेका छन्।माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो। केन्द्रीय समीकरणअनुसार कांग्रेस–एमालेसहितको गठबन्धनको सरकार प्रदेशमा पनि निर्माण भएको हो।आज मंगलबार बिहानै कांग्रेस-एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आज साँझ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 208 पटक पढिएको
  • संसद्मा चन्द्र भण्डारीको नौलो प्रस्ताव : प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याऔँ

    काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन्।मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए। सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराए।सांसद भण्डारीले विश्वविद्याल

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 156 पटक पढिएको
  • बागमती प्रदेशमा पनि कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने

    काठमाडौँ- बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस(नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो।सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो। यस्तै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएसँगै उनीहरुको विभागीय जिम्मेवारी समेत टुंग्याइएको छ। मंगलबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुंग्याएको हो।  जसमा काठमाडौँबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 171 पटक पढिएको
  • कोशीका पूर्वमुख्यमन्त्रीले सचिवलाई भने : तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु

    काठमाडौँ-  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।उनले भने, ‘पूर्व

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 174 पटक पढिएको
  • उपसभामुखको सचिवालयले अमेरिका पठाउनका लागि ९ लाख रुपैयाँ उठाएको मुकुल ढकालको दाबी

    काठमाडौँ- रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् । आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् । उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ । ‘उपसभाम

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 162 पटक पढिएको
  • २० मन्त्री बनाएर पहिलोपटक प्रतिपक्षी बेन्चमा पुग्यो माओवादी केन्द्र

    काठमाडौं– साढे छ वर्षपछि कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षको भूमिकामा देखिने भएको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै माओवादी सत्ताविहिन भएको हो । योसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षी बेन्चमा देखिने छ । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्रीसहित १८ जना मन्त्री बनेका छन् । 

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 240 पटक पढिएको
  • संसद् बैठक दिउँसो एक बजे, यी मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आजको बैठकमा आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्नेछन् । आज स्वास्थ्य तथा जनसंख्या, बन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सांसद प्रतिमा गौतमले

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 309 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा