राजनीति

    Showing 3,101-3,110 of 6,734 items.
  • आरजुले हालिन अमरेश कुमार सिंहविरुद्ध गालीबेइज्जतीको मुद्दा

    काठमाडौँ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले स्वतन्त्र सासंद डा. अमरेश कुमार सिंह विरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् । जिल्ला अदालतमा दर्ता मुद्दाको सुनुवाइ पेशी असार २४ गते तोकिएको छ । पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ को संज्ञा दिँदै आएका थिए । देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको आरोपसहित अमरेशले सञ्चार माध्यममा अन्तरवार्ता दिँदै हिँडेका थिए । अमरेशविरुद्धको रिट निवेदनमा उनले सञ्चार माध्यममा दिएका अभिव्यक्तिलाई समेत समावेश गरिएको छ । रिटसँगै प्रमाणको रूपमा अडियो, भिडियोसमेत आरजुले पेश गरेकी  छन् । आर

    • प्रकाशित मितिः असार २२, २०८०
    • 175 पटक पढिएको
  • सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

    काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य नभएको स्पष्ट पारिन् ।‘सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिवद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ,’ उनले भनिन् । ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दि

    • प्रकाशित मितिः असार २२, २०८०
    • 174 पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुखको समर्थन नलिई प्रदेशसभा सदस्यका रुपमा बाबुराम गौतमको समर्थन लिएको दावी गरेका छन् ।प्रमुख प्रतिपक्षी एमालेले सभामुखको हस्ताक्षरलाई मान्यता नदिन पहिले नै प्रदेश प्रमुखलाई ध्यानाकषर्ण पत्र बुझाएपनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीले बहुमतको दावी गर्ने क्रममा सभामुख गौतमको पनि हस्ताक्षर साथमा लिएका थिए । तर हस्ताक्षरमा प्रदेश सभा सदस्यको रुपमा हस्ताक्षर गरिएको थियो ।उनलाइृ कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको साथ थियो । मुख्

    • प्रकाशित मितिः असार २१, २०८०
    • 303 पटक पढिएको
  • राप्रपाले तोक्यो प्रदेश संयोजक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उहाँले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन्।उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रद

    • प्रकाशित मितिः असार २०, २०८०
    • 194 पटक पढिएको
  • कोशीमा कांग्रेसका उद्धव थापालाई गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार बनाउने

    काठमाडौँ / सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो । ‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने । नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो । त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठब

    • प्रकाशित मितिः असार १८, २०८०
    • 218 पटक पढिएको
  • आज गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्ती

    काठमाडौँ / नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी सोमवार मनाइँदैछ । विक्रम संवत् १९८१ असार १८ गते जन्मिएका कोइरालाको विक्रम संवत् २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखेका छन् ।पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले मुलुकमा ५ पटक प्रधानमन्त्री र ल

    • प्रकाशित मितिः असार १८, २०८०
    • 237 पटक पढिएको
  • कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु , कार्कीले पाएनन् विश्वासको मत

    काठमाडौँ / नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्य मात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । कार्कीको विपक्षमा ४३ मत खसेको छ । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 255 पटक पढिएको
  • इलाममा पहिचान पक्षधरले देखाए योगेश भट्टराईलाई कालो झण्डा

    काठमाडौँ / नेकपा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् सदरमुकाम इलाम बजार पुगेका भट्टराईलाई आन्दोलनरत पहिचान पक्षधरले कालो झण्डा देखाइएको हो ।प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै पहिचान पक्षधर प्रदेश नाम संशोधनको माग गर्दै आन्दोलनरत छन् । ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीले एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएको संघर्ष समितिले जनाएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 246 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसम्बन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्ने लगायत छन् ।बिहीबारै बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लग

    • प्रकाशित मितिः असार १४, २०८०
    • 209 पटक पढिएको
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

    काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्किएका छन् । चीनको सिचुवान प्रान्तमा पाँच दिनसम्मको भ्रमणका लागि मंगलबार राति सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ त्यसतर्फ गएका हुन् । भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत छन् ।श्रेष्ठ आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ।  बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घा

    • प्रकाशित मितिः असार १३, २०८०
    • 266 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा