राजनीति

    Showing 3,001-3,010 of 6,738 items.
  • बंगलादेशमा मतदान जारी, बंगलादेश नेशनलिस्ट पार्टी द्वारा चुनाव बहिस्कार

    एजेन्सी । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुनेछ।चुनावको नतिजा ८ जनवरी बिहानै घोषणा हुने सम्भावना छ। यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ ।पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् । प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 253 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा मिलाउने प्रयास

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लगभग भागबन्डा मिलेको छ। चार दल सम्मिलित हिजो (शनिबार) बेलुकाको बैठकमा बाँडफाँटमा सहमति जुटेको छ।अन्तिम टुंगो भने आज बिहान बस्ने बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन्। १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने छ।बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३र३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १र१ सिट दाबी गरेका थिए।यसमा अरू दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठक र

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 306 पटक पढिएको
  • देशभरबाट सुरु भयो रास्वपाको प्रथम वडा अधिवेशन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सुरु भएको छ। रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वडाहरूमा आज प्रथम वडा अधिवेशन आयोजना गर्न लागेको हो।रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ। वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरूलाई अनुगमनका लागि समेत खटाएको छ।रास्वपाका उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौंको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौं र अन्य पदाधिकारीहरू व

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 258 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन: आज मतदाता नामावली प्रकाशन हुँदै

    काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले बताएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 280 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहिबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 159 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं   । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएको हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ ।कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 158 पटक पढिएको
  • गठबन्धनमा टुंगिएन राष्ट्रिय सभाको सीट बाँडफाँट

    काठमाडौं । एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धदलका दलहरुबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ। बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरुले सत्ता गठबन्धनका दलहरुले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन्।बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए।नेता पाण्डेले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 164 पटक पढिएको
  • कांग्रेसको मेलमिलाप दिवसमा विपक्षी दललाई पनि निम्तो

    काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ। शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैलीभन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।कांग्रेसले १६ पुस अर्थात् भोलि (सोमबार) राष्ट्रिय मेलमिलाप मनाउने निर्णय गरेको हो। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो वर्ष कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको बताए।विगतमा आन्तरिक रुपमा मात्रै यो दिवसलाई मनाउने गरेको तर मेलमिलाप दिवसले नेपालको र

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 249 पटक पढिएको
  • नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।शनिबार सम्पन्न केन्द्रीय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते (आज)आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 236 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बालकुमारी घटनाको भर्त्सना गर्दै संघर्षको कार्यक्रम घोषणा

    काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । ‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो

    • प्रकाशित मितिः पुस १४, २०८०
    • 300 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा