राजनीति

    Showing 2,611-2,620 of 7,520 items.
  • एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 249 पटक पढिएको
  • महासचिव भूसाल भन्छन् ओली झ्यालबाट टाउको निकालेर हेर्न नसक्ने अवस्थामा पुगे

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओली झ्यालबाट टाउको निकालेर हेर्ने अवस्थामा पुगेको दाबी गरेका छन्। शनिबार रुपन्देही जिल्ला कमिटीको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन् । महासचिव भुसालले राजनीतिक रूपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालमा खतरा निम्तिने उल्लेख गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रहसमेत गरे। ‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थे’, महासचिव भुसालले भने, ‘तर, आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो। यो सामान्य कुरा होइन।’ उनले भ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 333 पटक पढिएको
  • संघीय संसदका दुई समितिको बैठक आज बस्दै

    काठमाडौं । आइतबार संघीय संसद्का दुई समितिको बैठक बस्दैछ । समितिको दुईवटै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको साठियौं बैठक बिहान ११ बजे बस्दैछ । समिति सचिव रामहरि थापाका अनुसार बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको देहायको प्रतिवेदनमाथि छलफल हुनेछ । जसअन्र्तगत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१, मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 302 पटक पढिएको
  • आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज ९आइतबार० बस्दैछ । बैठक अपराह्न १२ः १५ बजे बस्न लागेको हो । आजको बैठकका सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेका ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल गरिनेछ । यस्तै महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी के

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 324 पटक पढिएको
  • लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने

    काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिमा परेका उजुरीलाई १५ दिनभित्र निष्कर्षमा पु¥याउने समितिले निर्णय गरेको हो । समितिको कार्यशैली र भएका निर्देशनको कार्यान्वयनको अवस्था र प्रभावकारिता कमजोर देखिन्छ । यो विषय समितिका कतिपय सांसदहरूले स्विकारेका छन् । हरेक पटकका बैठकमा सांसदहरू राख्ने धारणा र पोख्ने आक्रोश पनि यही विषयमा केन्द्रित रहने गरेको थियो । समितिका सभापति ऋषिकेश पोखरेलले समितिमा परेका उजुरीमाथिको छानबिन यथाशीघ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 370 पटक पढिएको
  • देशमा राजतन्त्र फर्किने कुनै सम्भावना छैनः अध्यक्ष डा भट्टराई

    धनुषा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा भट्टराईले संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधतामाथिको प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लैजाने भएकाल

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 389 पटक पढिएको
  • भ्रष्टाचार र कमिसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयोः खनाल

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित रु’विषयक अन्तरक्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भिरतापूर्वक कदमहरु नचालेको कारण हवाइ यातायात सुरक्षित हुन जसकेको बताए । उनले भने, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन् तरपनि यो अवधीमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 338 पटक पढिएको
  • प्रधानमन्त्रीको हप्ता दिनः समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए ।चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधारको संकेत दखिँदैन ।यही कारण ओली नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायीत्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 318 पटक पढिएको
  • संसद् समीक्षाः कानुन निर्माणमा सक्रियतादेखि दलितमाथिको ज्यादती विरुद्ध साझा प्रतिवाद

    काठमाडौँ । जनताको आवाज प्रत्यक्ष रूपमा मुखरित गर्ने जनप्रतिनिधिमूलक थलोको रूपमा स्थापित सङ्घीय संसद्को बैठक यस साता नियमित रूपमा सञ्चालन भयो । प्रतिनिधिसभाका चार वटा बैठक बस्यो । राष्ट्रियसभाका तीन वटा बैठक यो साता सम्पन्न भए ।प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरदेखि अन्य कानुन निर्माणका दृष्टिले यो साता महत्त्वपूर्ण उपलब्धी भएका छन् । सङ्घीय संसद्को बैठकमा महायज्ञको नाममा दलितमाथि गरिएको ज्यादतीदेखि काठमाडौँको टोखामा ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको विषयले प्राथमिकता पायो । लामो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार विरुद्ध सत्तापक्ष र प्रतिपक्षका सांसदले

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 201 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा भन्छिन भारतीय सरकार परिवर्तन गर्ने आशयमा छैन

    काठमाडौं— परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् । भारतीय भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले पाएको बताएकी हुन् । ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ’, नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले भनिन्, ‘अहिलेको सरकारसँग भारतीय पक्ष  जोडिरहनुभएको छ । सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उह

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा