राजनीति

    Showing 2,391-2,400 of 10,305 items.
  • निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ ।बुधबार बिहान सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचनका कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 267 पटक पढिएको
  • कांग्रेसले आज जनकपुरमा चुनावी सभा गर्दै, प्रतिज्ञापत्र त्यहीँबाट सार्वजनिक गरिने

    काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो ।प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।मधेसको माटोले सधैं प्रजातन्त्र, सम

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 329 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन ६ गते बस्ने भएको छ ।बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 298 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक, पहिलो बुँदामा सुशासन समेटियो

    काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आज (मंगलबार) झापाको दमकमा एक कार्यक्रमबीच ओलीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । निर्वाचनपछि सो क्षेत्रमा गर्न सकिने कामको फेहरिस्त समावेश गरेर एमालेले अध्यक्ष ओलीको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।पहिलो बुँदामा सुशासनको क्षेत्र समेटिएको छ । जहाँ भनिएको छ,‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो कार्यक्रम र प्रतिबद्धता छ ।’दोस्रो बुँदामा भ्रष्टा

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 259 पटक पढिएको
  • आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा होः अध्यक्ष घिसिङ

    चितवन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन् ।भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे । उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिनुप¥यो ।”पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 373 पटक पढिएको
  • पुनः कांग्रेसमा फर्किए पूर्वमन्त्री जितेन्द्रनारायण देव

    काठमाडौं, फागुन ५ । नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनी पुनः पुरानै पार्टीमा फर्किएका हुन्।पार्टी प्रवेश कार्यक्रममा कांग्रेस जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्ण लगायतले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।कांग्रेसका पूर्वसांसद रहेका जितेन्द्रनारायण देव गत वर्ष असारमा एमाले प्रवेश गरेका थिए । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी ह

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 360 पटक पढिएको
  • दुर्गा प्रसाईंको गिरफ्तारी खेदजनक, तत्काल रिहा होस् : आजपा

    काठमाडौं, फागुन ५ । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गरिएको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार भएको उल्लेख गरिएको छ ।मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने गरी गरीएको प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुर

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 320 पटक पढिएको
  • नेपालको समाजवाद समुदायमा आधारित हुन्छः प्रचण्ड

    रुकुम— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आइतबार पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताएका हुन् ।उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै ‘नेपालको समुदायमा आधारित समाजवाद’ निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे । ‘चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,’ उनले भने ।सम्बोधनका क्रममा उ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 394 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।चुनाव हुनु भन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने छ ।निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 420 पटक पढिएको
  • कोशी प्रदेश स्थापनाको आठ वर्ष : अस्थिरताको राजनीतिकाबीच उपलब्धिको दाबी

    विराटनगर । कोशी प्रदेश स्थापनाको आठ वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । तर सात दशक लामो राजनीतिक संघर्ष र २०६२–०६३ को जनआन्दोलनको उपलब्धि २०७२ को संविधानमा उल्लेख भएर २०७४ सालमा स्थापित प्रदेशको संरचनाले अपेक्षित स्थिरता र परिणाम दिन सकेको छ कि छैन भन्ने प्रश्न झन् तीव्र बन्दै गएको छ ।कोशी प्रदेश पछिल्लो आठ वर्षमा राजनीतिक अस्थिरताको केन्द्रझैँ देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखअनुसार प्रदेश स्थापनायता नौ पटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । आठ वर्षमा नौ कार्यकाल—यो तथ्यले नै प्रदेश राजनीतिमा स्थायित्वको अभाव प्रस्ट पार्छ ।प्रदेश सरकार गठनपछि पहिलो मुख्य

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.