हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भए पनि अब मुख्यमन्त्री को बन्ने भन्ने विषयले पार्टीभित्रै विवाद चर्किएको छ।मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेता किरण थापा र केशव पोखरेल मुख्य दाबेदारका रूपमा उभिएका छन्। तीनै नेताले नेतृत्वमा दाबी गरेपछि दलभित्र सहमति जुटाउन सकस देखिएको छ।प्रदेशसभामा एमाले–नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने भएकाले राप्रपा वा हाम्रो नेपाली पार्टीमध्ये कसको समर्थन लिने भन्ने समीकरण पनि पेचिलो बनेको छ।पार्टी स्रोतका अनुसार केन्द्रीय नेतृत्वले सहमति गराउन नसके संसदीय दलभित्रै मतदान गरेर नेता छान्ने अवस्था आउन सक्छ। गुटबन्दी र न
काठमाडौं । सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले टेन्डर सूचना पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान हटाइएको निर्णय कानुनी रूपमा चुनौती दिँदै रिट दायर गरेका हुन्।रिटमा नयाँ व्यवस्थाले सञ्चारमाध्यमको आम्दानीमा गम्भीर असर पर्ने, सार्वजनिक सूचना प्रवाह कमजोर हुने तथा पारदर्शितामाथि प्रश्न उठ्ने जिकिर गरिएको छ।सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट संवैधानिक इजलासमा सुनुवाइका लागि अघि बढाइनेछ। अब अदालतको निर्णयले सार्वजनिक खरिद प्रक्रिया र टेन्डर सूचना प्रकाशनसम्बन्धी नयाँ व्यवस्थाको वैधानिकतामाथि टु
काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको संसदीय सुनुवाइमा नेकपा नेता वर्षमान पुनले विदेशबाट मतदान, अन्तरजिल्ला मतदान, ‘नो भोट’ र ‘राइट टु रिकल’ जस्ता विषयमा स्पष्ट कार्ययोजना माग गरेका छन्।पुनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिबद्धता बारम्बार दोहोरिए पनि त्यसको कार्यान्वयन कसरी हुने भन्ने विषय अझै अस्पष्ट रहेको टिप्पणी गरे। उनले नेपालभित्रै रोजगारी, अध्ययन वा अन्य कारणले आफ्नो स्थायी मतदान केन्द्र पुग्न नसक्ने नागरिकको मताधिकार सुनिश्चित गर्ने योजना पनि आयोगसँग माग गरे।उनले अन्तरजिल्ला मतदान प्रणाली कहिले र कसरी लागू हुन्छ भन्नेबारे स्पष्ट जवाफ खोज्दै निर्वाचन प्रणा
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमाथि निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको दबाब बढाएको छ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका युवाका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।राप्रपाले हत्या, आगजनी, हिंसा र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ। पार्टीले दण्डहीनताको अन्त्य नगरे यस्ता घटना झन् बढ्ने चेतावनी पनि दिएको छ।तराई–मधेस क्षेत्रमा धा
काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी र मर्यादित बनाउन सत्तापक्षले नै बढी जिम्मेवारी लिनुपर्ने भन्दै प्रतिपक्षी दलले सभामुख डीपी अर्याल को ध्यानाकर्षण गराएको छ।सभामुखले दलहरूबीच संसद्को प्रभावकारिताबारे छलफल गर्न बोलाएको बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रतिपक्षको भूमिकाभन्दा सत्तापक्षकै भूमिका बढी महत्त्वपूर्ण हुने बताएका हुन्।उनका अनुसार प्रतिपक्षी सांसदले उठाएका विषयमा सत्तापक्षका सांसदले सरकारकै प्रवक्ताजस्तै तत्काल प्रतिवाद गर्ने परिपाटी अन्त्य हुनुपर्ने माग सभामुखसमक्ष राखिएको छ। संसद्मा सरकारको धारणा सम्बन्धित मन्त्री वा सरकारले नै राख्नुपर्ने, सांसदहरूबीच आरोप–प्रत्
काठमाडौं ।नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै पार्टीको केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ। संशोधित विधानअनुसार अब केन्द्रीय विभागको संख्या निश्चित २८ मा सीमित रहने व्यवस्था हटाइएको छ।अब विधानमा केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभाग गठन हुने व्यवस्था गरिएको छ। यसअघि भने विधानमै २८ वटा विभागको नाम र संख्या स्पष्ट रूपमा उल्लेख गरिएको थियो।संशोधनसँगै प्रत्येक विभागमा रहने सदस्य संख्या पनि घटाइएको छ। अब प्रत्येक विभागमा बढीमा २५ जना सदस्य रहनेछन्, जबकि यसअघि एउटै विभागमा ५१ जनासम्म सदस्य राख्न मिल्ने व्यवस्था थियो।त्यस्तै, विभागका प्रमुख, उपप
काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले ओखलढुङ्गा र डा. राजीव सुब्बा काठमाडौंसँग संसदीय सुनुवाइ गरिएको छ ।बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगको भूमिका निर्वाचन सञ्चालनमा मात्र सीमित नभई संस्थागत रूपमा अझ सुदृढ र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए । परिवर्तनसँगै आयोगको कार्यशैलीमा पनि नयाँ सुधार आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा व
काठमाडौं / नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो । सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भ
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी युद्धहरूलाई केन्द्रमा राखेर सञ्चालन हुनेछन् । इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको वार्ता इरानसँगको बढ्दो तनाव, लेबनानसँगको वार्ताको प्रगति र अब्राहम एकड्र्सलाई विस्तार गर्ने प्रयासमा केन्द्रित रहनेछ । वासिङ्टन ओर्लनुअघि नेतान्याहुले इरानबाट आउने खतराहरूलाई सम्बोधन गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको ब
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक भोली बुधबार बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो । बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.