पत्रपत्रिका

    Showing ६४१-६५० of १,२६७ items.
  • चोभारमा तयार भयो ५ सय कन्टेनर अट्ने सुक्खा बन्दरगाह

     काठमाडौं ( आर्थिक अभियान दैनिकबाट )। चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा सरकारले १ अर्ब ६० करोड रुपैयाँ लगानीमा ५०० ओटा कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टाइन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टाइनका लागि तीन ओटा भवन निर्माण गरिएको छ ।त्यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन ओटा गोदाम तयार भएका छन् । उक्त बन्दरगाहमा एक्जिम (आयात–न

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १७६ पटक पढिएको
  • नेपाल र चीनबीच कुनै सीमा विवाद छैन

     काठमाडौं  (राजधानी दैनिकबाट )। चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् ।‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १६६ पटक पढिएको
  • एमसीसीबारे प्रष्ट पार्न अमेरिकालाई नेपाल सरकारको पत्र

     काठमाडौं  (राजधानी दैनिकबाट )। सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ ।शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो । अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई विवादित विषयमा स्पष्ट पार्न भन्दै पत्र पठाएको जनाइएको छ ।स्रोतका अनुसार नेपालले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि रहने कि नर

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १६२ पटक पढिएको
  • आर्थिक सहायता र चन्दाका नाममा ६२ करोड वितरण

     काठमाडौं (राजधानी दैनिकबाट )। विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका हुन् । महालेखाले स्थानीय तहको त्यस्तो मनलाग्दी खर्चम

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १५७ पटक पढिएको
  • मन्त्रिपरिषद अपुरो, झनझन अन्योल बढ्दै

     काठमाडौं  ( राजधानी दैनिक बाट )। शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ ।आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबन्डासमेत नटुंगिँदा मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा छ । आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य काम प्रभावित बनेका छन् ।प्रधानमन्त्रीको सचिवालयले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाउँदै आए पनि प्रधानमन्त्री देउवाल

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १५८ पटक पढिएको
  • नेपाल प्रहरीः चार एआइजीको जिम्मेवारी हेरफेर

     काठमाडौं  ( राजधानी दैनिक बाट )। सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ ।यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ ।यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • १६१ पटक पढिएको
  • कार्यकर्ता तान्न ओली र नेपालबीच होडबाजी

     काठमाडौं  ( नागरिक दैनिकबाट )। पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १६२ पटक पढिएको
  • देउवा यस कारण ओलीसंग सम्बन्ध सुधार्न चाहन्छन

     काठमाडौं (नागरिक दैनिकबाट )। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ।प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए। विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन्। प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनास

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १६४ पटक पढिएको
  • महाधिवेशन नजिकिएसंगै कांग्रेसमा गुटको संख्या बढ्दै

     काठमाडौं (नेपाल समाचारपत्र दैनिकबाट )।  मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १५५ पटक पढिएको
  • कांग्रेसको पौडेल समूह देउवाविरुद्ध एक ढिक्का

     काठमाडौं (राजधानी दैनिकबाट )। नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १८६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.