पत्रपत्रिका

    Showing 611-620 of 1,250 items.
  • निजामती सेवा दिवसः फेला परेन सर्वोत्कृष्ट कर्मचारी

    काठमाडौं (राजधानी दैनिकबाट )। ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रा

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 81 पटक पढिएको
  • एमसीसी सम्झौताबारे सत्ता गठबन्धनमै फरक मत

     काठमाडौं ( राजधानी दैनिकबाट ) । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् ।यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको पक्षमा छैन । उसले एमसीसीको विरोधमा देशव्यापी विरोध कार्यक्रम नै तय गरिसकेको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसद्बाट पारित हुन नसक्ने

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 62 पटक पढिएको
  • आफन्त टाढिएका देउवालाई सभापति बन्न कति सहज छ ?

     काठमाडौं( नागरिक दैनिकबाट ) । ‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी (शेरबहादुर देउवा) लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो।२०७२ फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रस्तावक बसेका गुरुङले महाधिवेशन भएको साढे दुई वर्ष बित्दा नबित्दै पार्टी केन्द्रीय समितिको बैठकमा नै आफ्नो असन्तुष्टि दर्ज गरे। आफ्नो विश्वास

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 81 पटक पढिएको
  • एमसीसी सम्झौताबारे सत्ता गठबन्धनमा किचलो

     काठमाडौं  (नेपाल समाचारपत्र दैनिकबाट )। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ । सत्ता गठबन्धन मात

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 65 पटक पढिएको
  • देउवा नीतिः प्रतिपक्षसँग दूरी घटाउने, संसद् चलाउने

     काठमाडौं   (राजधानी दैनिकबाट )। सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ ।सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकार र प्रतिपक्षबीचको दूरीलाई घटाउनेगरी रणनीति बनाएका हुन् ।त्यसका लागि आन्तरिक रूपमा प्रधानमन्त्री देउवाले आफूनिकट नेताहरूलाई प्रमुख प्रतिपक्षीसँगको संवादका लागि खटाएका छन् । यसअघि प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीसमेत एमसीसीका विषयमा सकारात्मक रहेका थिए ।‘प्रधानमन्त्री देउवा सरकार र प्रम

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 78 पटक पढिएको
  • स्वास्थ्यकर्मीले दुई बर्षदेखि पाएनन् कोरोना जोखिम भत्ता

     काठमाडौं (नेपाल समाचारपत्र दैनिकबाट )। धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ ।दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय बन्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधिमा अधिकृत तहभन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 80 पटक पढिएको
  • कोरोनासँग मिल्दोजुल्दो स्क्रब टाइफसको प्रकोप

     काठमाडौं  (गोरखापत्र दैनिकबाट )। कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस देखिन थालेको जानकारी दिए ।कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेका

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 88 पटक पढिएको
  • दुई प्रकारका सवारी लाईसेन्स वितरण सुरु

     काठमाडौं ( गोरखापत्र दैनिकबाट )। यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वित

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 91 पटक पढिएको
  • भरियाको प्रयोगबाट सुन तस्करी

     काठमाडौं  (नागरिक दैनिकबाट )। तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । 

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 107 पटक पढिएको
  • तरकारीको मूल्य १ सय ७४ प्रतिशतसम्म बढ्यो

     काठमाडौं ( आर्थिक अभियान दैनिकबाट )। हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले व

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 86 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा