पत्रपत्रिका

    Showing 391-400 of 1,254 items.
  • यी राजमार्गमा ६ महिनामा तयार हुँदैछन चार्जिङ स्टेशन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।”उनका अनुसा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 169 पटक पढिएको
  • नेपाली वैज्ञानिकहरु दोस्रो भूउपग्रह प्रक्षेपणको तयारीमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिकहरु जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।सबै काम निर्धारित समयमा सम्पन्न भए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को छ । नास्टको सहयोगमा डा। आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिकहरु भूउपग्रह निर्माणमा तल्लीन छन् । यसअघि जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 135 पटक पढिएको
  • फेरि नेतृत्वमा दोहोरिन देउवालाई कति सजिलो ?

    बिर्तामोड (नागरिक दैनिकबाट) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिट

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 126 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः केन्द्र र प्रदेश प्रतिनिधिबाट दुई करोड उठ्दै

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ ।महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् ।७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ । 

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 111 पटक पढिएको
  • एमाले महाधिवेशनः पदाधिकारी मिलाउन ओलीलाई सकस

    बिर्तामोड ( नागरिक दैनिकबाट) नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौँ महाधिवेशनमा

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 133 पटक पढिएको
  • गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल

    बिर्तामोड (नागरीक दैनिकबाट ) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग कायमै राख्दै न्यायाधीशहरूले गोलाप्रथाबाट पेसी तोक्न निर्देशिका र नियमावली परिवर्तन गर्नुपर्ने विषयमा छलफल गरेका छन्। उनीहरूबीच बुधबार भएको छलफलमा गोलाप्रथाद्वारा पेसी तोक्ने प्रक्रियामा भएका अवरोधबारे विमर्श भएको छ।  तीन सातादेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेरेका न्यायाधीशले फुलकोर्ट बैठक बसेर गोलाप्रथाका लागि प्रक्रिया अघि बढाउन सहमति जनाएका छन्। गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्च अदालतको निर्देशिका र नियमावली संशोधन गर्नुपर्छ। निर्देशिका र नियमावली संशोधनका लागि फुलकोर्ट बैठकले पारित गर्नुपर्ने का

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 122 पटक पढिएको
  • प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् । कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ ।बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 118 पटक पढिएको
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमामा पछिल्लो समय गुल्मीका नागरिकको समेत आकर्षण देखिएको छ । जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्र विष्टले बताए ।गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने लक्ष्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा यो कार्यक्रम शुरू गरिएको थियो । गत असोज मसान्तसम्ममा जिल्लामा ७२ हजार ६०५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।स्वास्थ्य बीमा कार्यक्रममा प

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 121 पटक पढिएको
  • सुपारी कारोबारमा अर्बौंको खेल

    बिर्तामोड ( नागरीक दैनिकबाट) तेस्रो मुलुकबाट सुपारी आयातमा अर्बौं रूपैयाँको चलखेल हुने गरेको पाइएको छ। नेपाली उद्योगका लागि भनेर ल्याएको सुपारी भारततर्फ निकासी गरी अर्बौं रूपैयाँ बढीको खेल हुने गरेको छ। स्रोतका अनुसार त्यसमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो रहेको छ।सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ। सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ।व्यापारीले नेपालबाट नौ हजार सात सय ७० मेट्रिक टन सुपारी निकासी गर्न वैधानिक अनुमति भए पनि अरू सुपारी चोर बाटोबाट भारत पठाउने गरेका छन्। २० हजार मेट्रिक टन सुपारी भारत निकास

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 226 पटक पढिएको
  • आन्दोलनरत न्यायाधीश इजलासमा फर्कन तयार

    बिर्तामोड (राजधानी दैनिकबाट) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् ।सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए इज

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा