पत्रपत्रिका

    Showing १,१११-१,१२० of १,२६७ items.
  • टर्दै वैकल्पिक सरकारको सम्भावना

    बिर्तामोड (कान्तिपुर दैनिकबाट )प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी ९जसपा० पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष

    • प्रकाशित मितिः चैत ११, २०७७
    • १४७ पटक पढिएको
  • फेरि होला लकडाउन ?

    बिर्तामोड (अन्नपूर्ण पोष्ट दैनिकबाट)कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला र?’शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा। राजभण्डारी भन्छ

    • प्रकाशित मितिः चैत ११, २०७७
    • १४६ पटक पढिएको
  • लोकसेवा आयोगले दिएको ७३ वटा सुझाव अलपत्र

    बिर्तामोड (राजधानी दैनिक बाट) योग्यता, निष्पक्षता र स्वच्छतालाई मूलमन्त्र बनाउँदै आइरहेको लोकसेवा आयोगले विगत ६ वर्षमा सार्वजनिक सेवा र प्रशासन सुधारका लागि सरकारलाई ७३ वटा सुझाव दिए पनि अधिकांश सुझाव अलपत्र रहँदै आएका छन् ।लोकसेवाले सार्वजनिक प्रशासनको सुधार र रूपान्तरणका लागि सरकारलाई महत्वपूर्ण सुझाव दिए पनि त्यसको कार्यान्वयन गर्न नसक्दा मुलुकको सार्वजनिक सेवा र प्रशासन प्रभावकारी हुन नसकेको हो ।लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीलगायत पाँच सदस्य आफ्नो ६ वर्षे सेवाअवधि सम्पन्न गरी मंगलबारदेखि सेवानिवृत्त भएका छन् । अध्यक्ष मैनालीलगायतका पदाधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूहरू

    • प्रकाशित मितिः चैत ११, २०७७
    • १३८ पटक पढिएको
  • दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई

    बिर्तामोड (नागरिक दैनिकबाट ) नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १५१ पटक पढिएको
  • नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’

    बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट )संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ।नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५।२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।  सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा  सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मन

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १५७ पटक पढिएको
  • एमालेमा ओली अझ शक्तिशाली

    बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट) सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली अझ शक्तिशाली बनेका छन्। संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने अधिकार दिइएको छ। निर्वाचन आयोग, अदालतलगायत संवैधानिक निकायमा पार्टीका तर्फबाट आधिकारिक पत्राचार गर्नेदेखि दलका उपनेता, राष्ट्रियसभामा दलका नेतालगायत चयन गर्नेसम्मको अधिकारसमेत दिइएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीलाई यी अधिकार प्रत्यायोजनको निर्णय गरेको हो। वरिष्ठ नेता माध

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १५६ पटक पढिएको
  • चिसिँदै सरकार–संसद् सम्बन्ध

    बिर्तामोड (नागरीक दैनिकबाट) सरकार र संसद्को समन्वयकारी सम्बन्ध भएन भने संसद् चल्न सक्दैन । कि प्रतिपक्षले विरोध गर्दा कि सरकारले बिजनेस नदिँदा संसद् अवरोध हुन सक्छ । अहिले भने सरकारले बिजनेस नदिएकै कारण संसद्मा अवरोध हुँदै आएको छ । यस्तो अवस्थामा संसद् अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको एकताबद्ध बैठक बोलाउनुपर्ने राजनीतिक विश्लेषण हुन थालेको छ । तर ओलीले आफ्नै पार्टीका सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउँदै लगेका छन् ।प्रधानमन्त्रीले खेलेको भूमिकाबाट संसद्को काम प्रभावकारी नहुने विश्लेषण पूर्वसभामुख दमननाथ ढुंगानाको छ । उनले संसद् प्रभावकारी बनाउने भूमिका खेल्न प्रधानमन

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १५७ पटक पढिएको
  • ८ महीनामा १६ अर्बको सुन आयात

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) चालू आर्थिक वर्ष ९आव० को पहिलो ८ महीनामा रू। १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू। १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू। ३ अर्ब ७१ करोडले बढी हो ।यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू। १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका का

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १७० पटक पढिएको
  • राजनीतिमा उद्योगी–व्यवसायीको आकर्षण

    बिर्तामोड (कारोबार दैनिकबाट) उत्पादन र उपादकत्व बढाउन केन्द्रित हुनुपर्ने उद्योगी–व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्न थालेको छ ।कुनै राजनीतिक दलभन्दा माथि उठेर व्यावसायिक हकहित र निजी क्षेत्रमैत्री वातावरणका लागि लड्नुपर्ने व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्दै जाँदा यसले नीजिक्षेत्र कमजोर हुने हो कि भन्ने आशंका पनि छ । व्यवसायीको संस्थागत चुनावमा निःस्वार्थ रुपमा व्यवसायको हितका लागि आफ्ना एजेन्डा अगाडि सारेका र आफूले जितेमा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने राजनीति भन्दा संस्थालाई टाढा राख्ने बताउँदै आएका व्यवसायीबीच राजनीतिमा लागने यस्तो प्रतिष्पर्धा देखिएको हो । शुक्रबार मात

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १६० पटक पढिएको
  • पर्यटन मन्त्रालयलाई २६ अर्बको मात्र बजेट सिलिङ

    बिर्तामोड (कारोबार दैनिकबाट) कोभिड–१९ पछि नेपालको सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रमा पुनरुत्थानको आवश्यकता छ । पर्यटन व्यवसायीहरुले पनि पर्यटन र अर्थ मन्त्रालयका अधिकारीहरुलाई भेटेर पुनरुत्थानका लागि विशेष कार्यक्रम ल्याउनका लागि लबिङ गरिरहेका छन् । तर, राष्ट्रिय योजना आयोगले आगामी वर्ष २०७८÷०७९ को लागि बजेटको सिलिङ भने नबढाउने भएको छ ।आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि २६ अर्ब १ करोड ७ लाख रुपैयाँको बजेट सीमा तोकेको छ । तर चालू आर्थिक बर्ष ०७७÷०७८ मै २६ अर्ब १२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्षको लागि दिइएको सिलिङमा भने

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.