पत्रपत्रिका

    Showing १,०५१-१,०६० of १,२६७ items.
  • दिल्ली–काठमाडौं रुटमा अकासियो हवाई भाडा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक अकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली–काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजारसम्म ९४८ हजार रुपैयाँ० तिर्न बाध्य भएका छन् । जब कि समान्य अवस्थामा भारु करिब ६ हजार ९साढे ९ हजार रुपैयाँ० मा पनि टिकट पाइने गरेको थियो ।हाल भारत र नेपालबीच ‘एअर–बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौं दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुने गरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १७४ पटक पढिएको
  • बाबुआमा भएकै बालबालिका बालगृहमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिका

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १६९ पटक पढिएको
  • प्रदूषण बढाउँदै डढेलो

    बिर्तामोड( गोरखापत्र दैनिकबाट ) डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १६३ पटक पढिएको
  • भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन०ले तला र कोठा थप गर्न मिल्नेगरी कार्यविधिको मस्यौदा तयार गरे पनि कार्यान्वयनमा भने ल्याएको छैन ।प्राधिकरणले मस्यौदा तयार भएको र अहिले विभिन्न संघसंस्थासँग मस्यौदाको विषयमा छलफल गर्ने, परामर्श गर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अब सरोकारवाला निकाय, विज्ञको सुझाव समेटेर कार्यविधिको आवश्यक सं

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १४४ पटक पढिएको
  • प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

    बिर्तामोड (राजधानी दैनिकबाट )जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए । रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौं मा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छौं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूह

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १५५ पटक पढिएको
  • डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

    बिर्तामोड ( राजधानी दैनिकबाट )नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ ।कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सद

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १४६ पटक पढिएको
  • मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

    बिर्तामोड  (कान्तिपुर दैनिकबाट )उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को पुरानै प्रणालीबाट भइरहेको छ । केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ । अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन्। सोमबार बबरमहलदेखि

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १६५ पटक पढिएको
  • गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो ।कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाको होलसेल व्यापार गर्दै आएका राकेस सापकोटाले गर्मी बढेसँगै काठमाडौं बाहिरका शहरबाट समेत व्यापारीहरू कपडा किन्न काठमाडौं आउने क्रम बढेको बताए ।गतवर्ष गर्मी मौसम शुरू हुने बेला

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १६२ पटक पढिएको
  • सुनका गरगहनाको आयात बढ्दो

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैया

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १७६ पटक पढिएको
  • नेपाल इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन

    बिर्तामोड  (आर्थिक अभियान दैनिकबाट)  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मंगलवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र ग्रीन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको हो । यी ३ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।नेप्सेले मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ६४२ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ८३९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.