बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन ।

सोमबार २–१ गोलले बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि जितेपछि हर्षित नेपाली फुटबल टिम । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर

OM Sai Pathibhara Hospital

फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।

घरेलु मैदानमा नेपालले उपाधि चुमेको यो ३७ वर्षपछि पहिलो हो । सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० मा नेपालले स्वर्ण उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो, त्यसबेला स्कोर थियो ४–२ । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करण फाइनलमा भने नेपाललाई बंगलादेशले १–० ले निराश पारेको थियो ।

यो राष्ट्रिय टिमको पाँचौं उपाधि हो । सन् १९८४ को पहिलो साफ गेम्स र ढाकामा भएको छैटौं संस्करण ९१९९३० को स्वर्णपदकपछि पाँच वर्षअघि ढाकामै बंगबन्धु गोल्डकप र कुचिङ ९मलेसिया० मा एएफसी सोलिडारिटी कपको ट्रफी चुमेको थियो । नेपालको हालसम्मको ठूलो उपलब्धि सोलिडारिटी कप हो । अरू चार उपाधि फुटबलको आधिकारिक निकाय ९फिफा, एएफसी र साफ० को औपचारिक प्रतियोगिता होइन । थ्री नेसन्स कप ‘आमन्त्रण प्रतियोगिता’ मात्र हो ।

सोमबारको खेलमा राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका मिडफिल्डर संजोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनकै पासमा अर्का मिडफिल्डर विशाल राईले ४२ औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा नेपाल आक्रामक रहे पनि दोस्रो हाफमा पाहुना टिम बलियो देखियो ।

महबुब रहमानले ८३ औं मिनेटमा गोल गर्दै अन्तर छोट्याए । समूह चरणमा भने नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । कप्तान किरण चेम्जोङले भने, ‘सबैले राम्रो खेल्यौं, नयाँ खेलाडीले पनि राम्रो गरे । टिममा धेरै प्रतिभावान् खेलाडी देखेको छु । यस्तै प्रदर्शनलाई निरन्तरता दिन सकियो भने साफ च्याम्पियनसिप ९उपाधि० धेरै टाढा छैन । हाम्रो लक्ष्य भनेको साफमात्र होइन, एसियन कप पनि हो ।’

दक्षिण एसियाली क्षेत्रकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता हो– साफ च्याम्पियनसिप, जहाँ नेपाल फाइनल पनि पुगेको छैन । एसियाली फुटबलकै सबभन्दा ठूलो प्रतियोगिता ‘एसियन कप’ हो र यसमा नेपालले हालसम्म छनोट पार गरेको छैन । पछिल्लो संस्करणदेखि २४ टिमले खेल्ने भएकाले नेपालले आशा गर्न सक्ने प्रतियोगिता बनेको हो यो । विश्वकपरएसियन कप छनोटमा तीन खेल नेपालले जुन महिनामा खेल्दै छ ।

‘खेलेपछि सबै खेल महत्त्वपूर्ण हुन्छ । रिजल्ट हो, राम्रो मान्नुपर्छ । यसले ९उपाधि० उत्साह दिन्छ, धेरै अर्थ पनि राख्छ,’ छैटौं साफ गेम्समा स्वर्ण जित्दाका कप्तान राजुकाजी शाक्यले अहिलेको सफलताबारे भने, ‘हामीले साफ च्याम्पियनसिपलाई नै लक्ष्य बनाउनुपर्छ, त्यसमा उपाधि जितेपछि बल्ल नेपाली टिम अन्तर्राष्ट्रिय फुटबलमा राम्रो र सफल देखिनेछ ।’

उनी पहिलो साफ गेम्सको टिममा पनि थिए । थ्री नेसन्स कपको अर्को प्रतिस्पर्धी किर्गिस्तानको २३ वर्षमुनिको टिम थियो । त्यसैले फिफाको ‘अन्तर्राष्ट्रिय खेल’ को मान्यता नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धाले मात्रै पाउनेछ ।

‘यो जितको श्रेय टिमका खेलाडी र समर्थकलाई दिन चाहन्छु,’ नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘सय दिनको तयारीपछि यो प्रतियोगितामा आएका थियौं । योजनाअनुसार सबै खेलाडीले खेले र सफल भयौं ।’ छैटौं साफ गेम्स जित्दाका यी मिडफिल्डर बंगबन्धु गोल्डकप विजेता टिमका पनि प्रशिक्षक हुन् । उनले युवा टिमलाई साफ यू–१९ च्याम्पियनसिप र यू–२३ लाई १३ औं साग पनि जिताएका थिए ।

उनले फेरि टिम सम्हालेयता गत नोभेम्बरमा नेपालले ढाकामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण दुई खेल खेलेको थियो, जहाँ नेपालले एक हार र एक बराबरी गरेको थियो । फिफा वरीयतामा १५ स्थानमुनिको टिमलाई पराजित गरेपछि कप्तान किरणले भने, ‘हामी त्यो बेला फिट थिएनौं, मानसिक रूपमा तयार थिएनौं । स–साना गल्तीहरूले ढाकामा हारेका थियौं । ती गल्तीहरू सुधार गरेर सफल भएका छौं ।’

पूर्वकप्तान विराज महर्जनले थ्री नेसन्स कपको सफलतासँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । त्रिदेव गुरुङको स्थानमा ९० औं मिनेटमा मैदानमा प्रवेश गरेका उनले सर्वाधिक ७३ खेल खेलेका फुटबलर हुन् । उनी बंगबन्धु, सोलिडारिटी र १२ औं साग विजेता टिमका कप्तान हुन् ।