कृषि

    Showing ७१-८० of ६०६ items.
  • सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

    मुगु— मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका ४५ वर्षीय रुप बहादुर सेजुवाल आफ्ना बुबाले गर्दै आएको मौरी पालनमा ब्यवसायलाई निरन्तरता दिइरहेका छन् ।पछिल्लो समयमा सरकारी निकायबाट मौरी पालन सम्बन्धित ज्ञान पाएपछि मुडे घारबाट सुधारिएको घारमा मौरी पालनबाट बार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।बिगतका बर्षहरुमा आफ्नै बुबाबाजेले गर्दै आएका सेजुवाल हिजोआज जिल्ला कृषि बिकास कार्यालय मुगुबाट मौरी पालनलाई थप सुधारको लागि केही प्राविधिक ज्ञानसहित आर्थिक अनुदान समेत प्राप्त गरेपछि उत्साहित छन् ।सेजुवाल बिहान सवेरैदेखि बेलुकासम्म मौरी घारमा नै व्यस्त देखिने गरेका छन् । उनी मौरीलाई दाना, घारमा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५०० पटक पढिएको
  • उखु किसानको अनुदान र भुक्तानी रोक्न पाइँदैन, तत्काल भुक्तानी गरः नरेन्द्र साह

    काठमार्डौ— सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले संसदमा उखु किसानहरूले भोगिरहेका समस्याबारे आवाज उठाएका छन।सर्लाहीसहित तराई क्षेत्रमा मुख्य नगदे बालीका रूपमा चिनिने उखु अहिले किसानका लागि “उधारो बाली” बन्दै गएको भन्दै उनले किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए। किसानहरूले समयमा उखुको भुक्तानी नपाउनुका साथै सरकारले घोषणा गरेको अनुदान रकमसमेत अझै प्राप्त गर्न नसकेको अवस्था अत्यन्त दुःखद रहेको उनले बताए।उनले आर्थिक वर्ष २०८१/०८२ को बाँकी प्रति क्विन्टल रु. ३५ अनुदान तथा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रति क्विन्टल रु। ७० अनुदान रकम अविलम्ब किसानलाई उपलब्ध गराउन म

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ५४६ पटक पढिएको
  • बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

    काठमाडौं— प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ । बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो ।उक्त समितिको बैठकमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको स्पष्ट पारे । उनले सबैभन्दा ठूलो समस्या बजेट व्यवस्थापन रहेको उल्लेख

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४७५ पटक पढिएको
  • बाजुराको रानीसैनमा सीमा विवाद नभई जडिबुटी तस्करीको चलखेल भएको एमाले नेता रोकायाको दाबी

    काठमाडौं— बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्धी नभई त्यहाँ हुने अवैध जडिबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताएका छन् ।नेता रोकायाले रानीसैन क्षेत्रमा बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी भइरहेको र त्यसमा संलग्न समूहले आफ्नो स्वार्थ जोगाउन सीमा विवादको विषय उचालेको दाबी गरे । उनका अनुसार प्रहरी प्रशासनले अवैध जडिबुटी संकलन तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएपछि तस्कर समूहले स्थानीयलाई उचालेर सिमा विवाद

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४७० पटक पढिएको
  • रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

    चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गर्नुभयो । केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।  जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ३१२ पटक पढिएको
  • आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

    दशरथचन्द। बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा हुनुहुन्छ । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग हुनुहुन्छ ।“समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले भन्नुभयो, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारीखेती पनि गर्दै आएका छौँ ।”बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीब

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २६७ पटक पढिएको
  • हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

    मुगु— हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ ।स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरा् गएको थियो । सोहि कारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।वडा अध्यक्ष हर्कधन तामाङका अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडाबाख्रामा पनि क्षति पुगेको छ । यद्यपि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।“बाढीले गाउँमा ठूलो क्षति पु¥याएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ,” वडा अध्यक्ष

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ४६४ पटक पढिएको
  • झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य

    वालिङ। यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गर्नुभएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो ।एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताउनुभयो ।वैदेशिक रोजगारीमा आठ वर्ष बिताउनुभएका गुरुङले आफ्नै गाउँठाउँमा केही गर्न

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ४८६ पटक पढिएको
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, गोलभेँडा साना (टनेल) रु ७८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ७७, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २८३ पटक पढिएको
  • आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

    गण्डकी। बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ ।  करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ । उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतका अनुभव सँगालेका आचार्य विगत लामो समयदेखि कृषिका क्षेत्रमा सक्रिय बन्दै नयाँनयाँ प्रयोग गर

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.