कृषि

    Showing 401-410 of 472 items.
  • यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 261 पटक पढिएको
  • अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

    गलकोट (बागलुङ) । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।  कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ ह

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 246 पटक पढिएको
  • फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

    मङ्गलबारे (इलाम) । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’, दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री,

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 375 पटक पढिएको
  • बिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

    झापा । बिर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ । नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उनले बताए । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु २६, बन्दागोवी रु २४, ब्रोकाउली रु ३५, खुर्सानी रु ५४, घिरौँला रु २६, करेला रु ३२, भन्टा रु २६, सिमी रु ४६, काँक्रा रु २५, भिन्डी रु ३६, फर

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 204 पटक पढिएको
  • सुन्तला बेचेर २० लाख आम्दानी

    म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । ‘गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो’, उनले भने, ‘यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।’ पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताए । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुन् । खत्रीसहित मरेकका किसानले यस व

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 227 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।यसैगरी सानो गोलभेडा लोकल २०, रातो आलु ३५,सुकेको प्याज ६५, गाजर लोकल ४०, बन्दा लोकल १०, बन्दा तराई २०,स्थानीय काउली ०८, स्थानीय काउली ज्यापु १५,सेतो मुला लोकल १५, लाम्चो भन्टा २०, डल्लो भन्टा ३०, मटरकोशा ४०, घिउसिमी लोकल ५०, टाटे सिमी ३०, तितो करेला ९०, लौका ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कूस ३०

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 337 पटक पढिएको
  • सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

    डुम्रे (तनहुँ) । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउँछन् ।उनले भने, ‘दुई÷तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।’ आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे ।‘पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 163 पटक पढिएको
  • कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ

    बनियानी (झापा) । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताए । हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उनको भनाइ छ । ‘उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौँ’, उनले भने, ‘यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 169 पटक पढिएको
  • बाँदरले बाली सखाप गर्न थालेपछि किसान चिन्तित

    कञ्चनपुर । बाँदरले खेतबारीमा लगाएको तरकारी बाली खान थालेपछि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान चिन्तित भएका छन् । बाँदर धपाउन स्थानीय किसानले दिनभर खेतबारीमा पहरा दिएपनि रातिको समयमा बाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।बेलडाँडी क्षेत्रका अधिकांश किसानले तरकारीखेती गर्दै आएका छन् । ‘दिनमा खेतबारीमा बसेर बाँदर धपाउँदै आएका छौँ’, स्थानीय वीरबहादुर चौधरीले भने, ‘दिउँसो बारीमा पस्न नपाएका बाँदर राति लगाइएको सबै तरकारी बाली खाएर सखाप पार्न थालेका छन् ।’बाँदरले मूला, आलु, सिमी, काउली, गोलभेँडा, मटरलगायत तरकारीमा बढी क्षति पु¥याएको उनले बताए । दुई कट्ठा जग्गाको तरकारी बाँदरले खाएको उ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 231 पटक पढिएको
  • बेनीका किसानलाई उत्पादनमा आधारित अनुदान

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताए ।उनका अनुसार चालु आवमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि रु सात लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु पाँच लाख ५०

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा