कृषि

    Showing 341-350 of 472 items.
  • तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान

    भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन ।चालु आव २०८१÷८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए ।भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 220 पटक पढिएको
  • मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

    ढोरपाटन (बागलुङ) । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै आएकी छन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्छिन् । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उनी प्रशिक्षकका रूपमा ज्यादा चिनिन्छिन् ।विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्छिन् । आवश्यक मेसिन नहुँदा पनि उनले घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्छिन् ।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 218 पटक पढिएको
  • रोगले सुकेर उजाडिए सुन्तला बगैँचा

    रामपुर (पाल्पा) । सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ । ‘यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ’, सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए । सुन्तलाखेती उनको

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 188 पटक पढिएको
  • महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

    जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरू नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् । सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउँछन् ।गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए । उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीम

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 171 पटक पढिएको
  • समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

    काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 295 पटक पढिएको
  • सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

    म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुुन्तलाखेती हुने गाउँ हो ।म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए ।‘साना खालका बुलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र  ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 151 पटक पढिएको
  • गहुँमा उत्पादनअनुसारको अनुदान

    भजनी (कैलाली) । कैलालीको जानकी गाउँपालिका–४ का शेरबहादुर थारुले गत वर्ष १० कट्टा जग्गामा २० क्वीन्टल गहुँ उत्पादन गरे । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि  खेतीमा निकै मिहिनेत गरेका उनले यसवर्ष त्यही जग्गामा २५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य लिएका छन् । गतवर्ष शेरबहादुरले उत्पादनका आधारमा रु छ हजार ४०० अनुदान पाएका थिए ।‘कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ’, उनी भन्छन्, ‘यसले किसानलाई मेहनेती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ ।’सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 188 पटक पढिएको
  • तरकारी र फलफूलको मूल्य निर्धारण

    काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 195 पटक पढिएको
  • सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

    हैदराबाद (भारत) । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।‘भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 195 पटक पढिएको
  • हल गोरु पाल्ने कृषकलाई अनुदान

    दमौली (तनहुँ) । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा रु चार हजारसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 190 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा