रामपुर (पाल्पा) । ‘झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बनें, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुप¥यो, तैपनि हिम्मत भने आफूमा राखिरहें, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थें । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउनुुहुन्छ,’ यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उनी पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुन् । उनले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदलेका छन् । पाँच वर्षअघि उनलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उनको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परि
दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१ थप्रेकका सुरज वाग्लेले बताए ।उनले भने, ‘कफी उत्पादन भएपछि कहाँ बिक्री गर्ने, कसलाई बिक्री गर्ने भन्ने अन्योल थियो, सहकारीले नै सबै कफी खरिद गरिदिने भएपछि कृषकलाई सहज भएको छ ।’ हाल सुरुआती चरणमा आफूले २० बोट कफी लगाएकामा अब त्यसलाई व
भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । ‘यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्’, कार्यालय प्रमुख चुलमाया लोवाले भनिन्, ‘किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।’ कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।यस वर्ष जिल्लामा एक हजार एक सय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उनले बताए । गत वर्ष जिल्लामा एक हजार एक सय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो । गत वर्षभन्दा यस वर्ष थप १६ हेक्टर क्षेत्रमा
जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा रु १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ । जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेद
वालिङ (स्याङ्जा) । यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । ‘जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ’, उनले भने, ‘यस वर्ष पनि उत्पादन वृद्धि हुने सङ्केत देखिएको छ ।’ आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोगकीरा व्यवस्थापन, गे्रडिङ, प्या
नारायणगढ (चितवन) । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो । कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यस स्थानमा विभिन्न १० प्रकारका आलुको अनुसन्धान भइरहेको छ । उनले १० वटा आलुका जातमध्ये सात वटा आलुका जात युरोपबाट ल्याएर परीक्षण तथा अनुसन्धान गरिरहेको बताए । यी जात परीक्षणका क्रममा रहेको र सूचिकृत भइनसकेको उनको भनाइ छ । आलु खनेपछि थप अनुस
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हे¥यो उतै हराभरा छ ।सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका १
वालिङ (स्याङ्जा) । जिल्लाको वालिङ नगरपालिका–८ स्थित ढाबखोला नियन्त्रणको काम सुरू भएको छ । खोलाले बर्सेनि खेतीयोग्य जमिन डुबाउने र कटानबाट सास्ती खेप्दै आएका यहाँका उपभोक्तालाई खोला नियन्त्रण योजना सुरू भएसँगै सहज हुने भएको हो ।गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा वालिङ–८ भीमटारीस्थित नेपाल आदर्श स्कुलबाट काफलडाँडा जाने सडकको कल्भर्टसम्म खोला नियन्त्रणको काम सुरू भएको हो ।खोला नियन्त्रणका लागि चालु आवमा रू ८६ लाख ५२ हजार चार सय २९ लागत अनुमान रहेको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार लागत अनुमानभन्दा झ
काठमाडौँ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।आर्थिक वर्ष २०८०÷८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो । सो प्रदेशको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.