काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आईजीपीद्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल दुवैजनालाई मानव अधिकार उल्लंघन कसुरमा विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।
कार्की र पौडेल भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा एआईजी थिए । हाल भने दुवैजना आईजीपी बनेका हुन् ।






































