एजेन्शी । इरानलाई चौतर्फी घेराबन्दी: अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश लगत्तै इजरायली एअरबेसहरूमा उत्रिए विश्वकै खतरनाक फाइटर F-22 लडाकु विमान र दर्जनौँ एअर रिफ्युलर तैनाथ भएका छन।
इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबिच तीव्र रूपमा बढ्दै गइरहेको सैन्य तनावका बिच अमेरिकाले इजरायलभरि आफ्ना अत्याधुनिक F-22 लडाकु विमान र दर्जनौँ इन्धन भर्ने विमानहरू (रिफ्युअलिङ एयरक्राफ्ट) तैनाथ गरेको छ। यस अभूतपूर्व क्षेत्रीय सैन्य निर्माणलाई इजरायली सञ्चारमाध्यमहरूले हालैका वर्षहरूमा इजरायलमा देखिएको सबैभन्दा ठूलो अमेरिकी वायुसेनाको चलखेल (मूभमेन्ट) का रूपमा वर्णन गरेका छन्।
इरानसँगको सम्भावित टकरावलाई ध्यानमा राख्दै ती विमानहरूलाई इजरायलका विभिन्न सैन्य अखडा तथा विमानस्थलहरूमा उच्च सतर्कताका साथ राखिएको बताइएको छ।






































