कृषि

    Showing १८१-१९० of ६०६ items.
  • लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

    म्याग्दी— बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो । देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामूलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताए। “वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालयसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ५५२ पटक पढिएको
  • अण्डाको मूल्य हालसम्मकै उच्च

    चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३६८ पटक पढिएको
  • एक दिने पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार

    बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।किसानलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ५९६ पटक पढिएको
  • टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौंमा प्रदर्शनी

    काठमाडौं— टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौंमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको छ । प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चाम

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ५३९ पटक पढिएको
  • अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

    महेन्द्रनगर। एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।”दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । “अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।” उहाँले भन्नुभयो,“मासिक नौ÷दश लाखको कारोबार भए प

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २८३ पटक पढिएको
  • किसानको पक्षमा रास्वपा सर्लाहीको पाँच माग: समर्थन मूल्य समायोजन मुख्य एजेन्डा

    सर्लाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला कार्यसमितिले कृषकले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै पाँच बुँदे मागसहित ज्ञापन पत्र सार्वजनिक गरेको छ।पार्टीले खाद्यान्न र तेलहनाजस्ता अत्यावश्यक वस्तुहरूको उत्पादन लागतमा वृद्धि, अव्यवस्थित मूल्य निर्धारण तथा बजारमा भइरहेको महँगीका कारण किसानहरू मारमा परिरहेको भन्दै सरकारले यस वर्षको उपजको समर्थन मूल्य न्यायोचित रूपमा तोक्नुपर्ने माग राखेको छ।ज्ञापनका मुख्य बुँदाहरू यस प्रकार छन्१.सरकारले कृषि उत्पादनको समर्थन मूल्य तोक्दा वास्तविक उत्पादन लागत, मूल्य वृद्धिको असर तथा किसानको हितलाई प्राथमिकता दिनु पर्ने।२.किसानले पा

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ७७६ पटक पढिएको
  • मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

    सर्लाही— मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो ।मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ । त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ । यसैगरी, चैत्रे धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४९६ पटक पढिएको
  • बडीमालिका नगरपालिकाले मनायो स्थापना दिवस, स्थानीय परम्परा, कला, संस्कृतिलाई जोड

    बाजुरा— स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडीमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हो । नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्राथमिकता दिँदै दिवस मनाइएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार,सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ५८९ पटक पढिएको
  • एउटै गाउँबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री

    दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएको बताउनुभयो । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो । कालबहादुर रानाले आफू

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३४० पटक पढिएको
  • देशभर कृषि सर्वेक्षण गरिँदै

    काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ । गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्व

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३५८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.