काठमाडौं – काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको दोलखाको रायोको सागमा अत्यधिक मात्रा विषादी भेटिएको छ।दोलखाबाट ईश्वर भारतीद्वारा ल्याइएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट समूहको विषादी पाइएको कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ।प्राविधिक मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएमा उक्त खाद्यपदार्थ पूर्ण रूपमा नष्ट गर्नुपर्ने प्रावधान छ। अर्गानोफस्फेट किरा मार्ने विषादीको रूपमा प्रयोग गरिन्छ र मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिकरूपमा भित्रिने तरकारी तथा फलफूलको नमुना
नवलपरासी— बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेको हो ।पछिल्लो समय खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंह जानकारी दिए । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घट
दैलेख— जिल्लाको आठबीस नगरपालिका–३ स्थित जास्कीमा बँदेलको आक्रमणमा परेर ६ जना घाइते भएका छन्। मकै खान खेतमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।घाइतेहरूमा आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की, आठबीस–३ का ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की र कमल कार्की रहेका छन्। उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम— सरकारले तोकेको समर्थन मूल्य बजार मूल्यभन्दा कम परेपछि जनकपुरका किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामलाई गहुँ बिक्री गरेका छैनन्।सरकारले प्रतिक्विन्टल ३,८६७ रुपैयाँ ३८ पैसाका दरले गहुँ खरिद गर्ने समर्थन मूल्य तोकेको थियो। तर जनकपुरसहितका बजारहरूमा गहुँ प्रतिक्विन्टल ४,४०० रुपैयाँमा बिक्री हुँदै आएको हुँदा किसानहरूले निजि व्यापारीलाई नै आफ्नो उत्पादन बेच्ने निर्णय गरेका छन्।किसानहरू गहुँको मूल्यबारे जानकारी लिन कार्यालय आएका भए पनि बिक्री गर्न भने मानेनन् कार्यालयका प्रमुख निर्मल थापाले बताए । 'बजार मूल्य यहाँको खरिद मूल्यभन्दा आकर्षक भ
चितवन— गाई र भैँसीमा बाँझोपनाको समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो ।गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीले जानकारी दिए ।पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने समस्या हुने गरेका छ । पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सक
काठमाडौं – मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्
जनकपुर – मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए ।चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक
काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम
काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याए । ‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन ,म
काठमाडौं – कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् । उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौ । वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ । हामीसँग मलको अभाव नै त छैन । मल छ प्रर्याप्त नहुन सक्छ । किसानले मल नै पाइएन भन्ने परिस्थिती छैन ।’उनले नागरिकलाई भ्रममा पार्नु नहुन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.