कृषि

    Showing १११-१२० of ६०६ items.
  • सुनसरीमा चैते धान रोपाइँ

    धरान। सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।  सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उहाँले बत

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ३४७ पटक पढिएको
  • बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुर। बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खे

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ३८० पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड

    बाजुरा— बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्न

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ५४५ पटक पढिएको
  • बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    भद्रपुर। झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गर्नुभएको छ । विसं २०५० तिर उहाँका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पु¥याउने काम गर्नुहुन्थ्यो । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो । केही वर्षपछि योगेन

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ३३३ पटक पढिएको
  • हावाहुरीको वितण्डाः रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

    रौतहट— सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो ।चन्द्रपुर नगरपालिका वडा नं. २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन् । ‘महँ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • ५२२ पटक पढिएको
  • २७ औं फ्लोरा एक्स्पोमा १ करोड २० लाखभन्दा बढीको कारोबार हुने अनुमान

    काठमाडौं— पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष २७ औँ पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।फ्लोरिकल्चर एशोसिएसन नेपाल ले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हल मा एक्स्पो सञ्चालन हुने जानकारी दिएको हो ।संघका अनुसार प्रदर्शनी आयोजना गर्न बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, उच्च

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५९३ पटक पढिएको
  • केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    कञ्चनपुर। व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो ।नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ । किसानलाई कूल रु १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउ

    • प्रकाशित मितिः चैत २, २०८२
    • ३३७ पटक पढिएको
  • मुगुका कृषकलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान

    मुगु— मुगुका कृषक र कृषि प्राविधिकहरूलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा हिउँदे फलफूल नर्सरी तथा फलफूल व्यवस्थापन अन्तर्गत ओखर खेतीको आधुनिक प्रविधिबारे तालिम सञ्चालन गरिएको हो ।बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको तालिममा व्यावसायिक रूपमा खेती गरिरहेका अगुवा कृषक र प्राविधिक गरी ३१ जनाको सहभागिता रहेको तालिम संयोजक भावना जौसीले जानकारी दिइन् । तालिममा ओखर उत्पादन प्रविधि तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका कक्षा सञ्चालन गरिएको थियो ।कार्यक्रमका अनुसार करिब ६०–७० प्रतिशत तालिम नर्सर

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५२२ पटक पढिएको
  • किसानलाई सिँचाइको समस्या

    इनरुवा। सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो । सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताउनुभयो । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो । मकैखेती गरेको भए पनि अहिले

    • प्रकाशित मितिः चैत १, २०८२
    • २४० पटक पढिएको
  • १३ वटा फर्ममाथि अनुमगन गर्दा दुई फर्ममाथि विभागको जरिवाना

    काठमाडौं— नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • ५२२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.