काठमाण्डू :प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारी अनुसार दुवै देशका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्
काठमाण्डौ । जागरुक युवा अभियान नेपालको आयोजनामा आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। “नेपाली टोपीः हाम्रो पहिचान” भन्ने नाराका साथ युवाहरूले यस दिवसलाई उत्साहपूर्वक मनाइरहेका छन्।राष्ट्रिय पोशाक दिवसको इतिहास:- विसं २०७० देखि जनवरी १ का दिन यो दिवस मनाउन थालिएको हो। नेपाली पहिचानका प्रतीक दौरा-सुरुवाल, टोपी, र गुन्यु-चोलीलाई युवाहरूमा पुनःस्थापित गर्ने उद्देश्यले यस अभियान सुरु गरिएको हो।राष्ट्रिय पोशाक दिवसले नेपाली युवामाझ हराउँदै गएको परम्परागत पहिरनको महत्वलाई पुनःजागृत गराएको छ। विशेष गरी, विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा
काठमाडौं— इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।क्रिसम
लेटाङ । माेरङकाे लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे जुम्ल्याहा तालको बीचमा रहेको लाम्चो होचो ढिस्के डाँडामा अवस्थित राजारानी मन्दिर तथा पाेखरी आसपासकाे मनाेरम दृश्य हो यो । धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे यस स्थान वनभाेज खान, घुमफिर गरि अध्ययान अवलाेकन गर्न अगन्तुकहरूकाे जमघट हुने गर्दछ । यहाँ सुनगाभा, कमलकाे फूल पाहिने वनभोजस्थल सिमसारमा अनेक प्रजातिका जलपक्षी, जलवनस्पति साथै जिवजन्तुकाे संरक्षण भएकोले धिमालजातिको मूल मन्दिरका कारण यो स्थान महत्त्वपूर्ण मानिन्छ ।
रूपन्देहीं । ६ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबार(आज) देखि सञ्चालनमा आउने भएका छन्। एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो।
झापा । झापाको शिवसताक्षी नगरपालिका २ धरमपुरकी यी एक सासुआमा मुनादेवि भट्टराईले ८ बर्ष पहिले आफ्नै घरमा बुहारी बनेर आएकी मुना देवि दाहाल केहि बर्ष घरमा बुहारीकै रुपमा रहिन तर देशमा चलेको कोरोना कहरका कारण वैदेशिक रोजगारीमै रहेका आफ्ना छोराको साउदी अरेबियामा निधन भएपछि घरमा मुना एकल रुपमा रहदै आएकी थिइन । आज फेरी छोरीकै रुपमा पराई घर सुम्पदै छु । यतिभन्दा आमा मुनादेवि भट्टराईको आखा आशुले भरीसकेको थियो । एकल रुपमा रहदै आएकी मुना दाहालकी एक ७ बर्षिय छोरी समेत छिन ।
इनरुवा । नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनमा इस्राइल मंसुरी पुन सभापति र नईम अन्सारी सचिवमा निर्वाचितनेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनबाट इस्राइल मंसुरी पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन । अधिवेशनले सचिवमा नईम अन्सारीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न अधिवेशनमा मुस्लिम समुदायका प्रतिनिधिहरू र नेपाली कांग्रेसका नेताहरुको व्यापक सहभागिता रहेको थियो । अधिवेशनको क्रममा विभिन्न वक्ताहरूले मुस्लिम समुदायका हक-अधिकारका मुद्दा उठाएका थिए। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले
काठमाण्डौ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा त
झापा । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाहीको माग गरेको छ ।सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र सचिव कालिप्रसाद रिजालले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक संजाल प्रयोग गरी ज्यान मार्ने धम्की दिने जो कोहीलाई कानुनी कार्वाही गर्न माग गरेका हुन। उनीहरुले सताक्षीधाममा शिवमहापुराण जस्तो पवित्र धार्मिक कार्यक्रम संचालन भइरहेको अबस्थामा कोही कसैसंग चित्त नबुझे सम्बन्धित ठाउँमा आएर वार्ताद्वारा सम
इलाम । इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औं जन्मोत्सव समारोहको अवसमार आयोजित धार्मिक उत्सवमा उपस्थित धार्मिक पर्यटकहरु । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा परिचित माङसेबुङमा यतिबेला धार्मिक पर्यटकको घुँइचो लागेको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.