धर्म/संस्कृति

    Showing 301-310 of 976 items.
  • राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आब्हान

    काठमाडौं— नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ ।प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई प्रतिष्ठानले आह्वान गरेको छ ।‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 468 पटक पढिएको
  • सप्तपाताल पोखरीका रक्षक पूर्ण बहादुर स्थापितको निधन

    ललितपुर— ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ।स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए। विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए। पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो।स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्यका एक हुन्। उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 506 पटक पढिएको
  • नेपालमा पनि तामझामका साथ मनाइँदै क्रिसमस

    काठमाडौं— क्रिसमस पर्व नजिकिँदै जाँदा यसको तयारीले पनि तीव्रता पाउन थालेको छ। पछिल्ला वर्षहरूमा नेपालमा समेत क्रिसमसलाई उत्साह र तामझामका साथ मनाउने चलन बढ्दो छ। यद्यपि क्रिसमस मुख्यतः इसाई धर्मावलम्बीहरूको पर्व हो, तर आजभोलि सबै समुदायका बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरू यस पर्वको रमाइलोमा सहभागी भएको देखिन्छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन विश्वभरका इसाई धर्मावलम्बीहरूले क्रिसमस मनाउने परम्परा रहेको छ। नेपालमा विशेषगरी काठमाडौँ उपत्यकामा क्रिसमस नजिकिँदै जाँदा बजार, चर्च र सार्वजनिक स्थानहरूमा यसको छुट्टै चहलपहल र रौनक देखिन थालेको छ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 557 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन् ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ

    ललितपुर— प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।उन

    • प्रकाशित मितिः पुस २, २०८२
    • 551 पटक पढिएको
  • एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।  सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण गरिएको जानकारी दिनुभयो । “पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 277 पटक पढिएको
  • उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी: तीन तले आवास जलेर नष्ट

    गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 511 पटक पढिएको
  • मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

    काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।  यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्व

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 402 पटक पढिएको
  • पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    काठमाडौं— विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक संस्कृतिविद् हरिप्रसाद सोडारी भन्छन पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए ।मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउछन। विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री र

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 370 पटक पढिएको
  • देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छः उपराष्ट्रपति

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वह

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 340 पटक पढिएको
  • आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइदै

    काठमाण्डौ  ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.