काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं। नेपालमा सौन्दर्य सामग्रीको प्रयोग ह्वात्तै बढिरहेको छ। अनुहार चम्काउने फेस क्रिमदेखि ओठ सजाउने लिपस्टिक, कपाल रङ्गाउने डाई र विभिन्न कस्मेटिक सामग्री किन्न मात्रै नेपालीहरूले ११ महिनामै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेश पठाएका छन्। भन्सार विभागको तथ्यांकले नेपाली बजारमा आधुनिक सौन्दर्य सामग्रीको माग तीव्र रूपमा बढिरहेको देखाएको छ। सुन्दर देखिने चाहना मानव स्वभाव हो। तर पछिल्लो समय नेपालीहरूको यही चाहनाले विदेशी कस्मेटिक बजारलाई भने ठूलो फाइदा पुर्याइरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले सौन्दर्य सामग्री आयात गर्न मात्रै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको
काठमाडौं । काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ ।यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर आईपीओ बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड सेबोनको पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए । यसले लगानीकर्तालाई क्षेत्रगत विविधीकरणको अवसर सीमित बनाएको थियो । तर अहिले सिमेन्ट, स्टिल, लगानी तथा सञ्चार क्षेत्रका ठूला कम्पनीहरू शेयर निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले फरक–फरक क्षेत्रका कम्
रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्। पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानक
काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो नयाँ बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ को उद्घाटन गरेको छ ।सोमबार आयोजित कार्यक्रममा नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन् । समारोहमा स्वागत ग्रुपका सञ्चालक जगेश्वर यादवसहित व्यवसायी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बोल्दै सञ्चालक जगेश्वर यादवले स्वागत ग्रुपले २३ वर्षको सफल यात्रा पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको जानकारी दिँदै यो कम्पनीको छैटौँ आउटलेट भएको बताए। उनका अनुसार नयाँ शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्यागुआर
काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए । तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आ
काठमाडौं । नेपालको सार्वजनिक ऋण इतिहासकै उच्च विन्दुनजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ।आर्थिक वर्ष सुरु हुँदाको तुलनामा मात्रै झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ ऋण थपिएको छ। यससँगै नेपालको कुल ऋण दायित्व देशको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको करिब ४५ प्रतिशत बराबर पुगेको छ।कुल ऋणमध्ये १५ खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण छ। अर्थात् राज्यले देशभित्र र बाहिर दुवैतर्फबाट ऋण लिएर खर्च धानेको अवस्था देखिन्छ। बालेन सरकारको तीन महिनामै सवा ख
काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा।लि मार्फत आयोजित विशेष ‘किनेस अनुभव कार्यक्रम’मा सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीको दाबी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.