नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका केही बाढीपीडितलाई नुवाकोटको तामाङ प्लाजा होल्डिङ सेन्टरमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई तत्कालका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको हो । घर तथा बस्ती बाढीको चपेटामा परेपछि उद्धार गरिएका पीडितहरू अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन् ।
होल्डिङ सेन्टरमा रहेका बाढीपीडितका लागि खाना तथा आवश्यक आधारभूत व्यवस्थाको प्रबन्ध गरिएको छ । उद्धारपछि सुरक्षित स्थानमा पुगेका पीडितहरू आफ्ना परिवार, आफन्त र घरको अवस्थाबारे चिन्तित देखिन्छन् ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न स्थानबाट उद्धार कार्य जारी छ । विस्थापित तथा प्रभावितलाई तत्काल राहत, सुरक्षित आवास र आवश्यक स्वास्थ्य सेवाको व्यवस्थापनमा सम्बन्धित निकाय जुटिरहेका छन् ।






































