काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको लामो समयदेखिको असन्तुष्टि अन्ततः विस्फोट भएको छ। महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना केन्द्रीय तथा स्थानीय तहका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। नेतृत्वमाथि स्वेच्छाचारिता, सिद्धान्तबाट विचलन र संगठन ध्वस्त बनाएको आरोप लगाउँदै उनीहरूले नयाँ राष्ट्रवादी शक्ति निर्माणको तयारीसमेत घोषणा गरेका छन्।
काठमाडौंमा आयोजित विशेष भेलापछि सार्वजनिक गरिएको राजीनामा घोषणापत्रमा उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। घोषणापत्रमा पार्टीभित्र चरम स्वेच्छाचारिता बढेको, राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र र राष्ट्रवादका मूल एजेन्डा कमजोर पारिएको, संगठनात्मक संरचना ध्वस्त बनाइएको तथा कार्यकर्तालाई निराश बनाइएको आरोप लगाइएको छ।
राजीनामा दिने समूहले २०८२ को निर्वाचनमा पार्टीले व्यहोरेको खराब परिणामको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको, फरक मत राख्ने नेताहरूमाथि कारबाहीको शैली अपनाएको र पार्टी सञ्चालन एकलौटी ढंगले गरिएको दाबी गरेको छ। सामूहिक राजीनामा दिने प्रमुख नेताहरूमा महामन्त्री धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मिना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, पवित्रा सुब्बा श्रेष्ठलगायत केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरू रहेका छन्।
धवलशम्शेर समूहको बहिर्गमनसँगै राप्रपाले आफ्नो प्रभावशाली शक्ति गुमाएको राजनीतिक विश्लेषण हुन थालेको छ। पार्टीभित्रको विवाद अब खुला विभाजनको तहमा पुगेको टिप्पणीसमेत भइरहेको छ। राजीनामा दिने नेताहरूले अब नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको तयारीमा रहेको घोषणा गरेका छन्। यसले आगामी दिनमा नेपालको दक्षिणपन्थी तथा राजावादी राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ। १८३ नेताको एकैपटकको बहिर्गमनले राप्रपाको संगठनात्मक अवस्था, नेतृत्वको शैली र पार्टीको भावी दिशामाथि गम्भीर प्रश्न खडा गरेको छ।
राजीनामा दिने प्रमुख नेताहरू :
डा. धवलशम्शेर राणा महामन्त्री, मुकुन्दश्याम गिरी ९उपाध्यक्ष०, दिलनाथ गिरी पूर्वमन्त्री, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मिना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, पवित्रा सुब्बा श्रेष्ठ, शंशाक शम्शेर थापा, कर्ण बहादुर शाही, शाही कुमार सिलवाल, रजन कार्की, सुरेश आचार्य, खड्क बहादुर जिसी, राम राज कोइराला, उदय राज पोखरेल, राजु बस्याल, लाल गोपाल अर्याल, रोशन शिवाकोटी, चिराग मान सिंह कुवर, राम बहादुर शाही, भिम बहादुर शाही, प्रज्ज्वल बोहरा, विश्व देव शाह, माधव भण्डारी, बबिना मोक्तान लावती, काली बहादुर शाही, अन्जना शाह रावल, सुमित्रा केसी, दमन बस्नेत, फणिराज लोहनी, निराजन बम, अनिल सुवेदी, मनसुर सुनार, वीरेन्द्र शाही, देव प्रसाद न्यौपाने, वेद बहादुर शाही, काली बहादुर महत, विमल शाही, कटक महत, मैत्र सिंह कुँवर, लाली शाही, नवराज थापा, प्रेम बहादुर शाही, जान बहादुर शाही, गोविन्द न्यौपाने, जनक रोका, हरि परियार, पूर्ण बहादुर खत्री, लक्ष्मी प्रसाद देवकोटा, धन बहादुर नेपाली, डिल्ली नेपाली, हरि बहादुर भण्डारी, खड्क दमाई, सन्देश शाही, खुम्सी रावल, हरि बहादुर शाही, जीवन शाही, रण बहादुर शाही, राम भक्त रावल, पाण्डव शाही, पदम शाही, लाल बहादुर शाही, रवि राज रंजित, रोशन कुमार सिंह, मदन चाम्लिङ, यादव राज पाण्डेय, जय प्रकाश बगाले, ऋषिबाबु परियार, प्रेम देसार, रघु न्यौपाने, राधिका जोशी, मधु रिसाल, भद्र बहादुर शाही, डम्बर बहादुर कार्की, डम्बर बहादुर शाही, वाटु कार्की, दुर्योधन निरौला, रामविलास मेहता, केदार विष्ट, श्याम कुमार निरौला, गीता थापा, जान बहादुर बस्नेत, पवना कुमारी अधिकारी, बच्चालाल अग्रिया, परमेश्वर साह, श्याम कुमार खंग, शुषील पन्त, मन्तु मण्डल, सूर्य नारायण शर्मा, प्रदिप मुखिया, श्याम खंग, चन्दन खंग, सहदेव यादव, जगदिस यादव, गोपाल मेहेता, संजय मेहेता, अरविन्द मण्डल, धिरेन्द्र मण्डल, बिपिन मण्डल, निरज यादव, मुर्तजा शेख, रन्जित श्रेष्ठ, गणेश लाल श्रेष्ठ, खेमराज ओभा, जीत कुमारी थापा, बालकिसन उराव, दिलिप कुमार यादव, पुष्ट राज संघर्ष, कमल कुमार राई, रविन राई, उदयनारायण आङदेम्बे, छत्र बस्नेत, महेन्द्र कुमार राई, राजभक्त आङदेम्बे, खेम बहादुर लावती, लक्ष्मी माझी, चन्द्रमाया तामाङ, वीर बहादुर तामाङ, जनक कुमार पोखरेल, नरेन्द्र लावती, देवीमाया तामाङ, भुमिन्द्र प्रसाद भट्टराई, जगत बहादुर कार्की, तारादेवी भट्टराई, नर बहादुर आङदेम्बे, हर्के राई, राजेन्द्र राई, मुना राई, रुद्र बहादुर निरौला, हस्त वीर राई, महेन्द्र सोमो, चन्द्रमाया राई, अविरमान राई, चन्द्र लावती, भीम आचार्य, रोशन घिमिरे, श्याम चाम्लिङ, भूपेन्द्रजंग शाही लगायत १८३ जना नेता तथा कार्यकर्ताहरू रहेका छन् ।
उनीहरूले अब नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने तयारीमा रहेको समेत बताएका छन् ।





























