काठमाडौं। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले सांसदहरूको प्रश्नको उत्तर दिन समय मागेका छन्। बैठक सुरु भएपछि प्रधानमन्त्रीले बोल्न अनुमति मागे र सभामुख डीपी अर्याल ले उनलाई रोस्ट्रम प्रयोग गर्न अनुमति दिए । 


प्रधानमन्त्री बालेनले सांसदहरूले लामो समयदेखि प्रश्नोत्तरको माग गरिरहेको भन्दै आफू प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन्। केही सांसदहरूले यसमा आपत्ति जनाएका छन्। नेकपाका सांसद युवराज दुलाल ले यो प्रश्नोत्तर कार्यक्रम संसद् नियमावलीअनुसार नभएको भन्दै नियमको कुरा उठाएका छन्। त्यसैगरी ऐन महर ले पनि प्रश्नोत्तर प्रक्रियामाथि आपत्ति जनाएका छन्।


प्रधानमन्त्री बालेन सांसदहरूको प्रश्नको जवाफ दिन तयार भएका छन्, तर केही सांसदहरूले यो प्रक्रिया संसद् नियमावलीअनुसार नभएको भन्दै विरोध गरेका छन्।