काठमाडौं –  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लामा हालसम्म सम्पर्कविहीन रहेका २६ नेपाली नागरिकहरूको सूची सार्वजनिक गरेको छ।


गत साउन २० र २१ गते पौडी गढवाल जिल्लामा आएको भेलबाढीका कारण उनीहरू हराएका हुन्। हराइरहेकाहरूको विवरण दूतावासले सोमबार सार्वजनिक गरेको हो।


दूतावासका अनुसार सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही र हरिबहादुर खड्का रहेका छन्।


त्यस्तै थर नखुलेका प्रभात र केशव, साथै निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षीय रमेश र २२ वर्षीया प्रिया पनि हराइरहेका दूतावासले जनाएको छ।


हराइरहेका अन्य व्यक्तिहरूको नाम र विवरण संकलन भइरहेको दूतावासले जनाएको छ भने उद्धार तथा खोजी कार्यमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएको छ।