विराटनगर  ।    मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ ।

यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका-५ सिसौली स्थितबाट सोही स्थानका २३ बर्षीय पाल्देन तामाङलाई शंका लागी चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।

यसका साथै उदयपुरको बेलका नगरपालिका-१ प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुर तर्फ जाँदै म्याजिक भेनलाई चेकजाँच गर्दा भेनमा सवार बेलका-७ मैनामैनी का ३१ बर्षीय धन बहादुर राईले झोलामा लुकाएको १२ किलोग्राम लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएको हो ।