काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए ।